एक्सक्लुसीभ

हिन्दूकुश हिमालय संसदीय सम्मेलन ५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

काठमाडौँ । हिन्दूकुश हिमालय संसदीय सम्मेलन ५ बुँदे घोषणापत्र जारी गर्दै आज काठमाडौँमा सम्पन्न भएको छ ।

हिमालय क्षेत्रका विभिन्न मुलुकका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको संसदीय सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्नुहुँदै सभामुख देवराज घिमिरेले हिन्दूकुश हिमालय क्षेत्रमा देखिएका असरहरू रोक्न सांसदहरूले नीति निर्माण मार्फत जलवायु अनुकूलनमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो ।

सभामुख घिमिरेले जलवायु परिवर्तन, वायु प्रदूषण र जैविक विविधताको क्षयजस्ता विश्वव्यापी चुनौतीहरूलाई समाधान गर्न सबै देशहरूबिच समन्वय र साझा प्रयास अपरिहार्य रहेको बताउनुभयो ।

सम्मेलनको उच्च स्तरीय छलफलमा सरोकारवालाहरूले वायु प्रदूषण न्यूनीकरणका लागि क्षेत्रीय सहकार्य, साझा वैज्ञानिक आधार, वायु गुणस्तर सूचकाङ्क (ए क्यू आइ) अनुगमनबाट प्राप्त तथ्याङ्क पहुँचयोग्य बनाउने तथा नीतिगत समन्वयको आवश्यकता औंल्याउनुभयाे ।

सम्मेलनमा बङ्गलादेशका प्रतिनिधि, चित्तागंग हिल ट्र्याक अफेर्सका सल्लाहकार सुप्रदीप चक्माले वायु प्रदूषणलाई हल्का रूपमा लिन नहुने र जनसङ्ख्या वृद्धि, तथा बढ्दो फराकिला महानगरका कारण नियमित वायु गुणस्तर मापन चुनौतीपूर्ण भएको बताउनुभयो ।

भुटानका प्रतिनिधि, सुशासन समितिका सदस्य फुन्त्सो राप्तेनले सम्मेलनमा गरिएका हिमालय क्षेत्र र वातावरण संरक्षणका लागि भएको घोषणाहरूलाई आ आफ्नो तवरबाट कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपालसहित बङ्गलादेश, पाकिस्तान, भुटान, म्यानमार लगायत हिन्दूकुश हिमालय क्षेत्रका विभिन्न देशका प्रतिनिधिहरूको सहभागितामा जलवायु परिवर्तनका असर न्यूनीकरण तथा हिन्दूकुश हिमालय क्षेत्र संरक्षणका लागि क्षेत्रीय सहकार्यको साझा मञ्च प्रदान गर्दै सम्मेलन आज सम्पन्न भएको हो ।

सङ्कल्पमा बैठकलाई नियमित आयोजना गर्ने, संस्थागत संरचना बनाउन सम्भावना खोज्ने, सांसदबिच अनुभव आदानप्रदानलाई निरन्तरता दिने र प्रभावकारी, समावेशी र जलवायु–सहनशील नीति निर्माणमा सांसदको भूमिका अभिवृद्धि गर्ने बुँदाहरू समावेश छन् ।

५ बुँदे घोषणा पत्रमा हिन्दुकुश हिमालय सांसद सम्मेलन र क्षेत्रीय संवाद तथा समन्वयलाई निरन्तरता दिने लगायतका विषयहरू उल्लेख गरिएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.