मनोरंजन

बलिवुडकि बोल्ड अभिनेत्री नर्गिस फाखरी ‘नेनु रेडी’ मार्फत तेलगु फिल्ममा डेब्यु गर्दै

नर्गिस फाखरी फिल्ममा अनुबन्धित भएपछी भनिन, 'मेरो व्यक्तिगत विचारमा, पर्दामा रोमान्स गर्नु गाह्रो काम हो। म सधैं नक्किना त्रिनाधा रावसँग काम गर्न चाहन्थें र 'नेनु रेडी' मार्फत मेरो त्यो इच्छा अन्ततः पूरा भएको छ। यो चलचित्र पूर्ण रूपमा मनोरञ्जनात्मक छ।'

हैदराबाद। बलिवुडकि बोल्ड अभिनेत्री नर्गिस फाखरीले 'नेनु रेडी' मार्फत तेलुगु चलचित्र उद्योगमा डेब्यु गरेकी छिन । यस चलचित्रमा हविश र काव्या थापर मुख्य भूमिकामा छन् भने ब्रह्मानन्दम र भेन्नेला किशोर पनि महत्वपूर्ण भूमिकामा देखिनेछन्। यस अघि उनी अन्तिम पटक 'हाउसफुल ५' मा देखिएकी थिइन्।

नर्गिस फाखरी नक्किना त्रिनाधा रावद्वारा निर्देशित ‘नेनु रेडी’ मार्फत तेलुगु चलचित्रमा डेब्यु गर्न लागेकी हुन्। हालै हैदराबादमा आयोजित एक कार्यक्रममा यस चलचित्रको ‘कोन्चेम कोन्चेम’ नामक रोमान्टिक गीत सार्वजनिक गरिएको थियो।

चलचित्रमा नर्गिसको भूमिका बारे त्रिनाधा रावले भने, ‘म नर्गिस फाखरी यस चलचित्रको हिस्सा बनून् भन्ने चाहन्थें। जब मैले निर्माताहरूसँग यो विचारबारे छलफल गरें, उनीहरू तुरुन्तै सहमत भए। हामीले वितरकहरूका लागि चलचित्रको विशेष प्रदर्शन (स्क्रिनिङ) गरिसकेका छौं र उनीहरूले सकारात्मक प्रतिक्रिया दिएका छन्। हामी चाँडै नै प्रदर्शन मिति घोषणा गर्नेछौं।’

‘नेनु रेडी’ मा हविश र काव्या थापर मुख्य भूमिकामा छन् भने ब्रह्मानन्दम र भेन्नेला किशोर पनि समावेश छन्। यो चलचित्र विभिन्न क्षेत्रका युवा जोडीबीचको इन्गेजमेन्टपछि उत्पन्न हुने रमाइलो सांस्कृतिक द्वन्द्वमा आधारित छ।

कार्यक्रममा अभिनेता हविशले आफू स्वभावैले लजालु भएको र रोमान्टिक दृश्यहरूको छायांकन गर्न चुनौतीपूर्ण लाग्ने बताए।

नर्गिस फाखरी फिल्ममा अनुबन्धित भएपछी भनिन, ‘मेरो व्यक्तिगत विचारमा, पर्दामा रोमान्स गर्नु गाह्रो काम हो। म सधैं नक्किना त्रिनाधा रावसँग काम गर्न चाहन्थें र ‘नेनु रेडी’ मार्फत मेरो त्यो इच्छा अन्ततः पूरा भएको छ। यो चलचित्र पूर्ण रूपमा मनोरञ्जनात्मक छ।’  ‘कोन्चेम कोन्चेम’ गीतको कुरा गर्दा, यसमा मिकी जे. मेयरले संगीत भरेका छन् भने समिरा भारद्वाजले स्वर दिएकी छिन्।

यसका गीतकार रामाजोगाय्या शास्त्री हुन्। गीतको भिडियोमा मुख्य कलाकारहरूलाई रोमान्टिक परिवेशमा देखाइएको छ, साथै विभिन्न दृश्यहरूमा नर्गिस फाखरी ब्याकग्राउन्ड डान्सरहरूसँगै मुख्य नृत्यांगनाको रूपमा प्रस्तुत भएकी छिन्।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्