मनोरंजन

नेपाली राजदूतावासले नयाँ दिल्लीमा जुलाई महिनाभरि नेपाली फिल्म प्रदर्शन गर्ने

नयाँ दिल्ली । नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले यही जुलाई महिनाभर नेपाली चलचित्र प्रदर्शन गर्ने भएको छ । दुतावाले नेपाली चलचित्र, भाषा, कला, संस्कृति तथा कलाकारको प्रवद्र्धन गर्ने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालनमा ल्याएको जनाएको छ ।

कार्यक्रमअन्तर्गत हरेक साता एक नेपाली फिल्म प्रदर्शन गरिनेछ भने सम्बन्धित फिल्मका कलाकार, निर्देशक तथा चलचित्रकर्मीलाई समेत आमन्त्रण गरी दर्शकसँग अन्तरक्रिया गराइने व्यवस्था मिलाइएको छ ।

कार्यक्रमको उद्घाटन अवसरमा मंगलबार अभिनेत्री बिपना थापा पनि सम्मानित भएकी छन् । थापालाई नेपाली फिल्म क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको कदरस्वरूप  सम्मानि गरिएको हो ।

दूतावासले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने, भारतमा रहेका नेपाली समुदायलाई आफ्नो भाषा, कला र संस्कृतिसँग अझ नजिक जोड्ने तथा नेपाली चलचित्र उद्योगको विकासमा योगदान पु¥याउने उद्देश्यले यो अभियान प्रारम्भ गरेको अभिनेत्री थापाले बताइन् ।

उनले भनिन्, ‘दूतावासको यस पहललाई अत्यन्त सकारात्मक रूपमा लिएकी छु’, बिपनाले भनिन् ‘यस्तो कार्यक्रमले नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ पहिचान दिलाउन सहयोग पुग्ने छ ।’ कार्यक्रममा नेपाली फिल्मको इतिहास, वर्तमान अवस्था तथा सम्भावनाबारे छलफल समेत हुनेछ ।

कार्यक्रममा आगामी शुक्रबार अभिनेत्री प्रदीप खड्का अभिनित एक्लो प्रदर्शन हुनेछ । त्यसपछि नाजिर हुँसेन अभिनित फिल्म गुन्युचोलो प्रदर्शन हुनेछ । कार्यक्रममा कलाकार पनि सहभागी हुँदैछिन् । उनीहरुलाई सहभागीताका लागि निम्तो समेत दिइसकेकीएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्