खेलकुद

आज हुने फ्रान्स र मोरक्कोबीचको खेलसँगै विश्वकपको क्वार्टरफाइनल चरण सुरुवात

लस एन्जलस । सन् २०२६ को विश्वकप अब अन्तिम आठको चरणमा पुगेको छ। यसमा अर्जेन्टिना, फ्रान्स र स्पेनजस्ता नियमित टोलीहरू छन् भने नर्वे र स्विट्जरल्यान्डजस्ता केही नयाँ टोलीहरू पनि समावेश छन्।

फ्रान्स अतिरिक्त समयको सहारा नलिई आफ्ना पाँचवटै खेल जित्ने एकमात्र टोली हो र किलियन एम्बाप्पे उत्कृष्ट लयमा देखिएका छन्। मोरक्कोविरुद्धको बिहीबारको खेलअघि ‘गोल्डेन बुट’ को दौडमा उनी लियोनल मेस्सीभन्दा मात्र एक गोलले पछि छन्। ‘ले ब्लुज’ (फ्रान्सेली टोली) लगातार तेस्रो पटक सेमिफाइनलमा पुग्ने र लगातार तीनवटा प्रतियोगितामा अन्तिम चारमा स्थान बनाउने तेस्रो टोली बन्ने लक्ष्यमा हुनेछन्।

फ्रान्सलाई पराजित गर्न ‘एटलस लायन्स’ (मोरक्कोली टोली) का स्टार खेलाडीहरूले आफ्नो उत्कृष्ट प्रदर्शन गर्नुपर्नेछ। मोरक्को लगातार दुई विश्वकपमा अन्तिम आठमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र हो र उनीहरू पक्कै पनि यस चरणबाटै घर फर्किने अपेक्षामा छैनन्।

क्वाटरफाइनल खेल तालिका:

बिहीबार, ९ जुलाई, अपराह्न ४ बजे अमेरिकाको पूर्वीय समय (फक्स स्पोर्ट्स): मोरक्को विरुद्ध फ्रान्स (बोस्टन)

शुक्रबार, १० जुलाई, अपराह्न ३ बजे अमेरिकाको पूर्वीय समय (फक्स स्पोर्ट्स): बेल्जियम विरुद्ध स्पेन (लस एन्जलस)

शनिबार, ११ जुलाई, साँझ ५ बजे अमेरिकाको पूर्वीय समय (फक्स स्पोर्ट्स): नर्वे विरुद्ध इङ्गल्याण्ड (मियामी)

शनिबार, ११ जुलाई, राति ९ बजे अमेरिकाको पूर्वीय समय (फक्स स्पोर्ट्स): अर्जेन्टिना विरुद्ध स्विट्जरल्याण्ड (कान्सास सिटी)

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्