मनोरंजन

लोकगायिका माया गुरुङ्गको सम्मानमा साङ्गितिक साँझ आयोजान हुदै

करिब १२ वर्षको उमेरदेखि सार्वजनिक रूपमा गीत गाउन थाल्नुभएको उहाँले वि.सं. २०४० सालदेखि व्यावसायिक रूपमा लोकसंगीत क्षेत्रमा सक्रिय हुनुहुन्छ ।

लमजुङ । लोकगायिका माया गुरुङ्ग (देवीमाया थापा गुरुङ्ग) को सम्मानमा ‘माया गुरुङ्ग साङ्गितिक साँझ’ हुने भएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति लमजुङले सदरमुकाम बेँसीशहरमा आगामी असोज १० गते ‘माया गुरुङ्ग साङ्गितिक साँझ’ कार्यक्रम आयोजना गर्ने भएको हो । कार्यक्रमबारे आयोजकले बेँसीसहरमा पत्रकार सम्मेलन गरी औपचारिक घोषणा गरेको हो ।

लोकगायिका माया गुरुङको चार दशकभन्दा लामो साङ्गितिक योगदानको सम्मान गर्दै आयोजना गर्न लागिएको कार्यक्रमबाट कलाकार कल्याणकारी कोष स्थापना गर्ने उद्देश्य राखिएको प्रतिष्ठानले जनाएको छ ।

बेँसीशहर नगरपालिका –८ स्थित फूलबारी मञ्चमा अपरान्ह ४ बजेदेखि सुरु हुने कार्यक्रममा राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त लोक तथा दोहोरी कलाकारको प्रस्तुति रहनेछ ।

प्रतिष्ठानका अध्यक्ष प्रशान्त तामाङले नेपाली लोकसंगीतका अग्रज कलाकारको सम्मानसँगै कलाकारको सामाजिक सुरक्षालाई संस्थागत गर्ने उद्देश्यले साङ्गितिक कार्यक्रम आयोजना गरिएको बताउनुभयो । कार्यक्रम संयोजक अनुज अधिकारीले मौलिक नेपाली लोकभाकाको संरक्षण र प्रवर्धनसँगै अग्रज कलाकारप्रति साङ्गितिक साँझ फलदायी हुने बताउनुभयो ।

बेँसीसहर नगरपालिका–५, नाल्मामा जन्मिनुभएकी माया गुरुङ नेपाली लोकसंगीतको मौलिक पहिचान स्थापित गर्ने अग्रज गायिकामध्ये एक हुनुहुन्छ । बाल्यकालदेखि नै गुरुङ समुदायको रोधी, मेलापात, विवाह, पूजापर्व र गाउँघरमा गुञ्जिने लोकभाकासँग हुर्किउनुभएकी उहाँले औपचारिक संगीत शिक्षा नलिए पनि गाउँकै सांस्कृतिक परिवेशलाई आफ्नो संगीत विद्यालय बनाउनुभयो ।

करिब १२ वर्षको उमेरदेखि सार्वजनिक रूपमा गीत गाउन थाल्नुभएको उहाँले वि.सं. २०४० सालदेखि व्यावसायिक रूपमा लोकसंगीत क्षेत्रमा सक्रिय हुनुहुन्छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्