डायस्पोरा
बार्सिलोनाको पर्यटकीय केन्द्र साग्रादा फामिलियामा दसैँ विशेष नेपाल पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न
बार्सिलोना। स्पेनको बार्सिलोनास्थित विश्वप्रसिद्ध पर्यटकीय स्थल साग्रादा फामिलिया मा अन्तर्राष्ट्रिय नेपाली मञ्च स्पेनद्वारा आयोजित दसैँ–तिहार शुभकामना आदानप्रदान तथा नेपाल पर्यटन प्रवर्द्धन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।
कार्यक्रममार्फत नेपालको मौलिक कला, संस्कृति, परम्परा, भेषभूषा तथा पर्यटनको अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्दै नेपाली पहिचानलाई विश्वसामु चिनाउने प्रयास गरिएको थियो।
स्पेनका नेपाली समुदायको बाक्लो उपस्थिति रहेको कार्यक्रममा नेपालको मौलिक कला, संस्कृति, परम्परा, भेषभूषा प्रस्तुत गरिएको थियो ।
स्पेनको बार्सिलोनास्थित नेपाली समुदायले निरन्तर आयोजना गर्दै आएको मौलिक कला, संस्कृति, परम्परा, भेषभूषा प्रस्तुतिलाई यहाँका स्थानिय समुदायले रुचिपूर्वक अवलोकन गरेका थिए ।