डायस्पोरा

एनआरएनए १२औँ महाधिवेशन: सबै देशमा सदस्यता वितरण खुला

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को फेब्रुअरी महिनाको अन्तिम साता हुने १२औँ महाधिवेशनका लागि विश्वभर सदस्यता वितरण खुला गरिएको छ।

यसअघि सदस्यता लिन छुटेका व्यक्तिहरूलाई ‘स्मार्ट एनआरएनए’ एप मार्फत सदस्यता लिन संघले आग्रह गरेको छ। संघका उपाध्यक्ष डा. हेमराज शर्माका अनुसार बृहत् एकताको सहमतिअनुसार संसारभरिका सबै सक्रिय राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूमा एनआरएनए सदस्यता खुला गरिएको हो।

फेब्रुअरी २२–२५ सम्म आयोजना हुने १२औँ महाधिवेशनका लागि प्रतिनिधि बन्न तथा उम्मेदवार बन्न अनिवार्य रूपमा सदस्यता लिनुपर्ने व्यवस्था गरिएको छ।

स्मार्ट एनआरएनए एप बाहेक अन्य पोर्टलमार्फत सदस्य बनेकाहरूको विवरण सम्बन्धित देशमा बसोबास गरेको प्रमाणका कागजातसहित सम्बन्धित एनसीसीबाट प्राप्त भएपछि एमआरएस प्रणालीमा एकीकृत गर्ने सहमति भएको छ।

हाल एकीकृत हुन बाँकी जम्मा २० वटा एनसीसी रहेका छन्। विभाजन रहेका राष्ट्रिय समितिहरूको एकताका लागि गंगाधर गौतमको संयोजकत्वमा ‘एनसीसी एकता सहजीकरण समिति’ गठन गरिएको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.