डायस्पोरा

राजदूत शर्माद्वारा भारतीय विदेश मन्त्रालयका अधिकारीसँग छलफल

नयाँ देल्ही । भारतका लागि नेपाली राजदूत डा.शंकरप्रसाद शर्माले भारतीय विदेश मन्त्रालयका अधिकारीसँग छलफल गरेका छन् ।

विदेश मन्त्रालयका उत्तर डेस्क हेर्ने अधिकारीहरुसँग उनले भेटघाट गरी नेपाल–भारत सम्बन्धलाई अझै बलियो बनाउने विषयमा छलफल गरेको नेपाली दूतावासले जनाएको छ । विदेश मन्त्रालयका अधिकारीहरुसँग भेटघाट भएको कुरा राजदूत शर्माले पनि आफ्नो एक्समार्फत जानकारी गराएका छन् ।

दुवै देशको सामाजिक, आर्थिक र विकासलगायतका विषयमा कुराकानी भएको बताइएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.