डायस्पोरा

भोटेकोशी बाढीमा मर्नेहरुको सम्झनामा आर्टेसिया सिटीमा दीप प्रज्ज्वलन

लस एन्जलस। नेपालमा हालै गएको बाढीपहिरोमा परी मृत्यु भएकाहरूको सम्मानमा क्यालिफोर्नियाको आर्टेसिया सहरमा दीप प्रज्ज्वलन तथा शोकसभा आयोजना गरिएको छ । सो अवसरमा मृतकको आत्माको चिरशान्तिको कामना गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

प्रार्थना सभामा आर्टेसिया सिटीका मेयर रेने ट्रेभिनोले नेपालको दुखद घटनामा सिटी र आफ्नो साथ् रहेको बताउदै मृतकको आत्माको चिरशान्तिको कामना गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

प्रार्थना सभामा मोरिसभिल टाउनका मेयर मेयर रेने ट्रेभिनोले नेपालमा गएको बाढीपहिरोबाट भएको ठुलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपद्को यस घडीमा आफू नेपाली समुदायसँगै रहेको बताउनुभयो । उहाँले यस कठिन समयमा सबै जना सहयोगी बनेर दुःखमा परेकाहरूको उद्धार तथा राहतमा जुट्नुपर्नेमा जोड दिनुभयो ।

लस एन्जलस स्थित नेपाली समुदायका सदस्यहरुले मातृभूमि बाढीपहिरोको चपेटामा परेकाले सबैले आफूले सक्दो सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । उनीहरुले विपदबाट प्रभावित क्षेत्रको भौगोलिक अवस्थिति तथा मृतक र घाइतेको संख्याबारे जानकारी दिँदै यस घटनाबाट नेपाल मात्र नभई विश्व समुदायसमेत प्रभावित भएको स्मरण गरे ।

पुर्व मेयर अलि ताजले प्रकृतिसँग मानिसले सधैँ सहभाव राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले सनकादिक ८८ हजार ऋषिहरूले प्रकृतिसँग गरेको प्रेमको उदाहरण प्रस्तुत गर्दै मृतकको आत्माको चिरशान्ति तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो ।

सो अवसरमा मेयर प्रोटेम मेलिसा राम्सोले भवितव्य टार्न नसकिने भए पनि विपदबाट घाइते भएकाहरूको उद्धार तथा राहतमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

सिटीका मेयर रेने ट्रेभिनोले महाविपद् र ठुलो धनजनको क्षति भोगिरहेका परिवार तथा समस्त नेपाल र नेपालीप्रति ऐक्यबद्धता जनाउँदै आर्टेसिया सिटी नेपालको साथमा रहेको बताए ।

प्रार्थना सभामा आर्टेसिया सिटीका पदाधिकारी र ठुलो संख्यामा नेपाली समुदायको उपस्थिति रहेको थियो।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्