डायस्पोरा

प्रमोद सिटौलाको नेतृत्वमा कांग्रेसको जनसम्पर्क समिति अमेरिका गठन

न्युयोर्क । नेपाली कांग्रेसको देउवा नेतृत्वले नेपाली जनसम्पर्क समिति, संयुक्त राज्य अमेरिकाको संयोजकमा प्रमोद सिटौलालाई जिम्मेवारी दिएको छ । सिटौलाको संयोजकत्वमा २१ सदस्यीय कार्यसमिति गठन गरिएको हो।

समितिको उपसंयोजकमा संजिव श्रेष्ठ, सदस्य सचिवमा जितेन गुरुङ र सदस्यहरूमा भुवन आचार्य, राजु शाह, दिवाकर बागचन्द, इन्द्र सिटौला, सुमन वस्ती, शिव बानियाँ, सबिन बस्नेत, शिव मल्ल, राम बहादुर देउवा, अमृत ढकाल, श्याम यादव, विनोद शाह, दिपा बोहरा, कुशल नहर्पि, रोशन अधिकारी, दिपेन्द्र विष्ट, एकराज खड्का, भरत जोशी रहेका छन् ।‌

सिटौलाले पार्टीको नीति, सिद्धान्त र निर्देशनअनुसार कार्यसमिति गठन गरिएको जानकारी दिँदै अमेरिकामा रहेका लोकतन्त्रप्रेमी नेपालीलाई एकताबद्ध गर्दै सङ्गठनलाई थप सुदृढ, सक्रिय र संस्थागत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

नवगठित समितिको प्रमुख प्राथमिकतामा नेपाली कांग्रेसको आसन्न १५औँ नियमित महाधिवेशनलाई सफल बनाउन आवश्यक भूमिका निर्वाह गर्नु रहेको सिटौलाले बताएका छन्।

त्यसका लागि अमेरिकामा रहेका पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा लोकतन्त्रप्रेमी नेपालीबिच समन्वय र सहकार्यलाई प्रभावकारी बनाइने उनको भनाइ छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्