नेपाल

हिमलुङ हिमाल आधार शिविरको हिमपहिरोबाट जोगिएका ११ जना सम्पर्कमा

मनाङ । मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोबाट जोगिएका ११ जना सम्पर्कमा आएका छन् । हिमालयन होलिडेजका सात र इम्याजिन नेपालका चार जना सकुशल सम्पर्कमा आएका हुन् ।

प्रतिकूल मौसमको पूर्वसूचना पाएपछि आधार शिविरको सबैभन्दा तल्लो क्षेत्रमा ओर्लिएका कारण उनीहरू जोगिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । हिमपहिरोपछि फर्किएका उनीहरू आइतबार साँझ नार्पाभूमि गाउँपालिकाको फू गाउँ पुगेका थिए । उनीहरूलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार हिमपहिरोमा परेका १२ जना अझै सम्पर्कविहीन छन् । सम्पर्कविहीन हुनेमा हिमालयन होलिडेजका १० र इम्याजिन नेपालका दुई जना छन् । हिमपहिरोमा परी मृत्यु भएका चार जनाको शव फेला परेको छ । सोमबार घटनास्थल पुगेको उद्धार टोलीले वीरेन्द्र गुरुङ र घनश्याम राईको शव फेला पारेको थियो ।

ती शव मङ्गलबार चामे ल्याइ कैलाश एयरको हेलिकोप्टरमार्फत काठमाडौँस्थित शिक्षण अस्पताल पठाइएको छ ।

यसअघि आइतबार छिवी भोटे र पासाङ भोटेको शव फेला परेको थियो । दुवै शव सोमबार हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्