राजनीति
नेपाली कांग्रेसको १५औँ महाधिवेशन असोज १८ गते देखि
काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा गर्ने भएको छ ।
कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिअनुसार वडा, गाउँपालिका तथा नगरपालिका अधिवेशन सम्पन्न भइसकेका छन्। अहिले प्रदेश सभा क्षेत्रीय अधिवेशन तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनहरू भइरहेका छन् ।
देशका विभिन्न स्थानमा भएको भारी वर्षाका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया अझै जारी रहेको विज्ञप्तिमा उल्लेख छ ।
निर्वाचन समिति तथा पार्टीका तहगत कार्यसमितिबाट प्राप्त जानकारीका आधारमा यस्तो अवस्था रहे पनि उद्घाटन समारोह भने निर्धारित मितिमै गर्ने कांग्रेसले जनाएको छ ।
यसअघि असोज १६ गते महाधिवेशनको उद्घाटन गर्ने तयारी थियो ।