राजनीति

समाजलाई सबै प्रकारका भ्रमबाट मुक्त गर्नुपर्छ: अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले समाजलाई सबै प्रकारका भ्रमबाट मुक्त गर्ने कामको अगुवाइ आफूहरूले गर्नुपर्ने बताउनुभएको छ ।

पार्टीद्वारा आयोजित राष्ट्रिय कार्यकर्ता भेलाको दोस्रो तथा अन्तिम दिन बन्दसत्रमा प्रशिक्षणमूलक सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले समाजलाई निराशाको अवस्थाबाट बाहिर निकालेर पुनःजागरण गराउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

अध्यक्ष ओलीले आउँदो निर्वाचनलाई जित्नका लागि पार्टीको केन्द्रीय कमिटीको तेस्रो बैठकले तय गरेको दुई कार्यभार (लोकतान्त्रिक व्यवस्थाको रक्षा र स्थानीय निर्वाचनको तयारी) र १५ कामका आधारमा स्थानीय तहस्तरमा योजना बनाउन निर्देशन दिनुभयो । दुई दिने भेलाले समसामयिक प्रस्ताव पारित गर्ने जनाइएको छ । रासस

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्