खेलकुद

अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा रेडियन्ट पब्लिकको विजयी सुरुआत

काठमाडौं । आयोजक रेडियन्ट पब्लिक बोर्डिङ स्कुलले १२ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार विजयी सुरुआत गरेको छ ।

स्युचाटरस्थित घरेलु कोर्टमा साविक विजेता रेडियन्टले न्यु जेनिथलाई ४५–२५ ले पराजित ग¥यो । रेडियन्टका नन्दन बस्नेतले १० अंक जोडे ।

सिनियर ब्वाइजमै कश्यपले ओएसिस्लाई ३३–२२, एलआरआईले बाल दीक्षा सदनलाई २९–२६, ग्रिनफिल्डले एनआईसी एकेडेमीलाई ३३–२७ र केभीसी, स्युचाटारले स्वर्णिमलाई ३५–२६ ले हराए । कश्यपका सुदिप राउतले १८, एलआरआईका सुजल मडईंले २१, ग्रिनफिल्डका अनिमेश बोहराले १२ र केभीसी, स्युचाटारका रियान बानियाँले १७ स्कोर गरे ।

सिनियर गल्र्समा डिफेन्डिङ च्याम्पियन स्वर्णिमले केभीसी, स्युचाटारलाई २५–६ ले सहजै पाखा लगायो । स्वर्णिमकी रिता सुवेदीले ९ अंक जोडिन् ।
जुनियर ब्वाइजमा केभीसीले एलआरआईलाई १४–४ ले पन्छायो । केभीसीका लागि सदिल वज्राचार्यले ४ अंक जोडे ।

प्रतियोगिताको शिक्षक महासंघका केन्द्रीय अध्यक्ष सुन्दर पन्तले एक कार्यक्रमबीच उद्घाटन गरे । मंसिर ११ गतेसम्म चल्ने प्रतियोगितामा ३ विधामा ४४ टिम सहभागी छन् ।

सिनियर ब्वाइजमा २४, सिनियर गल्र्समा १२ र जुनियर ब्वाइज (यु–१२) मा ८ टिमले भाग लिएका छन् । जुनियर विधा पहिलोपटक समावेश गरिएको हो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्