राजनीति

मधेश प्रदेशमा नयाँ सरकार गठनको तयारीमा दलहरू

जनकपुर। मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिनुभएसँगै मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरू सक्रिय भएका छन् ।

मधेश प्रदेश सरकारमा रहेका नेकपा एमाले तथा नेपाल कम्युनिष्ट पार्टीका मन्त्रीहरूले राजीनामा दिएपछि नेपाली काँग्रेसका नेतृत्वमा रहेका सरकार अल्पमतमा परेपछि मुख्यमन्त्री यादवले प्रदेश प्रमुखसमक्ष गत कार्तिक २८ गते राजीनामा दिनुभएको थियो ।

प्रदेश प्रमुख डा.सरेन्द्रलाभ कर्णले राजीनामा स्वीकृत गर्दै मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि मङ्सिर ४ गते अर्थात् भोली ४ बजेसम्मका लागि दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री बन्न सक्ने व्यक्तिको नाम सिफारिस गर्नका लागि समय सीमा तोक्नुभएको थियो । सोही बमोजिम दलहरू नयाँ सरकार गठनको तयारीमा जुटेका हुन ।

नयाँ सरकार गठनका लागि जनता समाजवादी पार्टी नेपाल, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टीका बीचमा यस अघि नै सहमति भएको थियो ।

अहिले नेकपा एमालेको काठमाडौँमा राष्ट्रिय भेला भइरहेकाले भोली बिहानसम्ममा नयाँ सरकार गठनका लागि सहमति हुने  जनाइएको छ ।

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि ५४ जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक छ । मधेश प्रदेशमा जनता समाजवादी पार्टीका २७ जना, नेकपा एमालेका २३ जना, जनमत पार्टीका १३ जना तथा नेपाली कम्युनिष्ट पार्टीका १५ जना प्रदेशसभा सदस्य हुनुहुन्छ ।

नेपाली काँग्रेसका २२ जना, संघीय समाजवादी पार्टीका १ र राष्ट्रिय प्रजातन्त्र पार्टीका १ जना प्रदेशसभा सदस्य हुनुहन्छ ।

मधेश प्रदेशमा सरकार गठनका लागि कम्तीमा तीन दल मिल्नुपर्ने अंक गणितीय अवस्था छ । मधेश प्रदेशका कूल १०७ सदस्य मध्ये हाल १०३ जना सदस्य कायम छन्  ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्