नेपाल

पहिरोले मध्यपहाडी राजमार्गको रुकुमखण्ड अवरुद्ध

रुकुम । लगातारको वर्षाका कारण आएको बाढी र पहिरोको कारण मध्यपहाडी राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको रुकुमपूर्व खण्डमा पहिरो गएपछि सडक अवरुद्ध भएको हो ।

रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी कोपिला राईले भूमे गाउँपालिका –१ को बडीखोलाखण्डमा आएको बाढी र पहिरोले सडक पूर्णरुपमा अवरुद्ध भएको जानकारी दिनुभयो । उहाँका अनुसार सडकको विभिन्न स्थानमा पहिरो झरेको छ भने बाढीले सडक नै चिरेको छ ।

सडक अवरुद्ध भएको सूचनापछि प्रमुख जिल्ला अधिकारी राईको नेतृत्वमा जिल्ला सुरक्षा समितिको टोलीले स्थलगत अनुगमन समेत गरेको छ । अनुगमनपछि प्रमुख जिल्ला अधिकारी राईले सडक क्षतिग्रस्त भएको बताउनुभयो । उहाँले भोलि सोमबारदेखि नै सडक मर्मतको काम सुरु हुने बताउनुभयो । त्यसको लागि मध्यपहाडी आयोजना र स्थानीय पालिकासँग समन्वय भएको छ ।

सडक मर्मत हुन केहि दिन लाग्ने बताइएको छ । प्रशासनले उक्त रुटमा हाललाई सवारी साधन सञ्चालन नगर्न अनुरोध गरेको छ । यो सडकखण्ड अवरुद्ध भएपछि रुकुमपश्चिम र रुकमुपूर्वबाट बाग्लुङ, पोखरा हुँदै काठमाडौँ आउजाउ गर्ने सवारी साधनहरु रोकिएका छन् ।

अवरुद्ध सडक चाँडो सञ्चालनका लागि तिव्र प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी कार्यालयले मौसम र सडकमार्गको अवस्था बुझेर मात्रा यात्रा गर्न अनुरोध समेत गरेको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्