नेपाल
आज मनाइयो भाइटीका, सकियो तिहार
काठमाडौँ । आज यमपञ्चकको अन्तिम अर्थात् पाँचौँ दिन भाइटीका लगाएसँगै यस वर्षको तिहार समापन भएको छ । भाइटीका लगाउनेहरूका लागि आज बिहान ११ः०७ बजेको समय उत्तम रहेको थियो ।
सर्वसाधारणसँगै कलाकार, राजनीतिक व्यक्तित्व, राष्ट्रपति, पूर्वराष्ट्रपतिदेखि सरकारी उच्च पदस्थहरूले आज भाइटीका लगाएका छन् ।