एक्सक्लुसीभ

बालगोपालेश्वर मन्दिरमा भाइटीका

काठमाडौँ । काठमाडौँको रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउनेको भिड रहेको छ । यमपञ्चकको अन्तिम दिन अर्थात् तिहारको मूख्य दिन आज दिदीबहिनी नहुनेका लागि एक दिन सो मन्दिर टीकाका लागि खुला गर्ने गरिएको छ ।

टीकाको साइत ११ बजेर ३९ मिनेटअघि नै बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भाइटीका लगाउनेको भिड लागेको छ । दिदीबहिनी एवम् दाजुभाइ नहुने भाइटीकाका दिन यसै मन्दिरमा गएर पूजा, दर्शन गरी टीका लगाउने गरिन्छ ।

रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भाइटीका लगाउन सुरु गरिएकाले काम विशेषले काठमाडौँमा बसेका र आफ्नो दिदीबहिनी नभएकाहरूले टीका लगाउन आउने गरेका छन् । यस दिन विदेशी नागरिकले समेत भाइटीका लगाउने गरेका छन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.