एक्सक्लुसीभ

शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु

गोरखा । शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको छ । यो याममा आरोहणका लागि अनुमति लिएका विभिन्न देशका ४६६ जना आरोहीले गत मङ्गलबारदेखि आरोहण सुरु गरेका हुन् ।

उनन्चालिस ९३९०  समूहमा ३४२ जना पुरुष र १२४ जना महिला आधार शिविरबाट आरोहणका लागि प्रस्थान गरेका छन् । आधार शिविरमा लामा गुरुले पूजा गरेर आरोहणको साइत गरिएको आरोहीका सहयोगी विसबहादुर गुरुङले जानकारी दिनुभयो । आरोहीहरूले अबको एक दुईदेखि तीन साताभित्र आरोहण गरिसक्ने गुरुङको भनाइ छ ।

यो याममा नेपाल सरकारले मनास्लु आरोहण गर्नेहरूबाट रु २१ करोड २४ लाख ४८ हजार राजस्व आर्जन गरेको पर्यटन विभागले जनाएको छ । मनास्लु आरोहण गर्ने आरोहीको यो सङ्ख्या अहिलेसम्मकै उच्च हो । साथै राजस्व पनि अहिलेसम्मकै धेरै हो ।

गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँमा अवस्थित मनास्लु सन् १९५६ मे ९ देखि आरोहण गर्न सुरु गरिएको थियो । समुद्री सतहबाट आठ हजार १६३ मिटर अग्लो यो विश्वकै आठौँ अग्लो हिमाल हो । रासस

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्