राजनीति

भारतीय विदेश सचिव मिस्री नेपाल भ्रमणमा आउँदै

काठमाडौँ । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ र १९ गते नेपालको औपचारिक भ्रमण गर्नुहुने भएको छ ।

भ्रमणका क्रममा परराष्ट्र सचिव राईले भारतका विदेश सचिव मिस्रीसँग द्विपक्षीय छलफल गर्नुहुने परराष्ट्र मन्त्रालय जनाएको छ । छलफलमा दुवै पक्षले नेपाल–भारत सम्बन्धका सम्पूर्ण पक्षको समीक्षा गर्नुका साथै आपसी हितका विषयमा विचार आदानप्रदान गर्नेछन् ।

यसबाट दुवै देशबीच लामो समयदेखि रहिआएको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्य रहेको छ । भ्रमणका क्रममा भारतका विदेश सचिव मिस्रीले नेपालका उच्चस्तरीय विशिष्ट व्यक्तित्वहरूसँग शिष्टाचार भेटघाटसमेत गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय जनाएको छ ।

विदेश सचिव मिस्री कात्तिक १९ गते काठमाडौँबाट नयाँदिल्ली प्रस्थान गर्नुहुनेछ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्