खेलकुद

बङ्गलादेशका जिशन अलामले कर्णालीबाट एनपिएल खेल्ने

काठमाडौँ। कर्णाली याक्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)का बाँकी खेलका लागि बङ्गलादेशका युवा ब्याटर जिशन अलामलाई टोलीमा अनुबन्ध गरेको छ ।

कर्णाली याक्स स्पोट्र्स प्रालिका अध्यक्ष गृहेन्द्र घिमिरेले आइतबार जिशनलाई टोलीमा भित्र्याइएको जानकारी दिनुभयो । उहाँका अनुसार जिशनको आगमनले टोलीको शीर्षक्रम थप मजबुत हुनेछ ।

एक्काइस वर्षीय जिशन बङ्गलादेशको उमेर समूह हुँदै ‘ए’ टोलीबाट खेलिसकेका ब्याटिङ अलराउन्डर हुनुहुन्छ । उहाँले बङ्गलादेशका फ्रेन्चाइज टोली राजशाही वारियर्स र दुरबार राजशाहीबाट खेल्नुभएको छ ।

उहाँ कर्णालीमा आबद्ध हुने तेस्रो बङ्गलादेशी खेलाडी हुनुहुन्छ । यसअघि अरिफुल इस्लाम र अकबर अली टोलीमा अनुबन्ध भइसक्नुभएको छ । जिशनले लिस्ट ‘ए’ का ४९ खेलमा एक हजार २९५ रन बनाउनुभएको छ । उहाँले २७ टी–२० अन्तरराष्ट्रिय खेलमा ५७१ रन जोडनुभएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्