नेपाल

सत्याग्रहमा बस्नुभएका डा. गोविन्द केसीलाई हेलिकप्टर मार्फत काठमाडौं लगियो

इलाम। चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका माग राख्दै २५औँ पटक सत्याग्रहमा बस्नुभएका डा. गोविन्द केसीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।

इलामको नारायणस्थान मन्दिर परिसरमा सत्याग्रहमा बस्नुभएका डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई इलाम अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उपचाररत उहाँको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि थप उपचारका लागि काठमाडौं ल्याइएको हो ।

इलाम अस्पतालका प्रमुख डा. अमिताभ ठाकुरको नेतृत्वमा रहेको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले आइतबार पत्रकार सम्मेलन गरी डा. केसीको स्वास्थ्य अवस्थाबारे जानकारी गराएको थियो ।

टोलीले उहाँको स्वास्थ्य अवस्था जटिल बन्दै गएको, मुटुको धड्कनमा समस्या देखिएको र रगतमा ग्लुकोजको मात्रा घट्दै गएको जनाएको थियो ।स्वास्थ्य अवस्था बिग्रँदै गएपछि तत्काल हेलिकप्टरमार्फत उद्धारको व्यवस्था मिलाउन इलाम अस्पतालले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै आवश्यक पहलका लागि आग्रह गरेको थियो ।

डा. केसीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ । त्यहाँ उहाँको थप उपचार गरिनेछ ।

इलाम अस्पतालको चिकित्सक टोलीले निरन्तर स्वास्थ्य निगरानी र उपचार गरिरहे पनि थप उपचार आवश्यक देखिएपछि उहाँलाई काठमाडौं पठाइएको हो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्