एक्सक्लुसीभ

एनआरएनए अमेरिका निर्वाचन : सर्वेक्षणमा सतेन्द्र साह अगाडी, रामहरी अधिकारीसंग प्रतिष्पर्धा

लस-एन्जलस । गैर आवासिय नेपाली संघ, (एनआरएनए) अमेरिकाको आसन्न निर्वाचनको तिथि मिति नजिकदै गर्दा मुख्य तीन प्रतिष्पर्धीहरु मध्य क्रमश सतेन्द्र साह, रामहरी अधिकारी र भानु खरेल कसले जित्ने हो यसपटक यहि मुद्धामा नेपाली समुदाय तरंगित छ ।

यद्यपि चोइटिएको एउटा समुह निर्बिरोध जितियो भन्दै अबिर जात्रा गर्दै हिडिरहेको बेला संघका झन्डै १३ हजार सदस्य संघको भावी नेतृत्वका लागि घर दैलोमा आइपुगेका उम्मेदवारहरुसंग अन्तरक्रिया मार्फत अब कहिले सम्म विभाजन, कलह र फुटको मार व्यहोर्ने हो नेपाली डाएस्पोराले, के हाम्रो जन्म सिद्ध नागरिकताको हक फिर्ता हुन्छ? भन्ने प्रश्नको उत्तर दिन हम्मे हम्मे परेको छ प्रत्यासीहरुलाई ।

धेरै मत भएको ठुला राज्यहरु क्यालिफोर्निया, न्युयोर्क र टेक्सासमा यो साता मुख्य तीन प्रतिष्पर्धीहरु आफ्नो पक्षमा जनमत बनाउन भेला र भेटघाटमा ब्यस्त रहेका थिए । हामीले सहभागी संघका साधारण सदस्यहरुसंग प्रश्न सोधेका थियौ, ‘यस पटक कसलाई मत दिनु हुन्छ र तपाइको अनुमान अनुसार कसले बाजी मर्छ होला? अधिकांसको उत्तर साझा थियो प्यानललाई मत दिने कुरा हुदैन ।

यस अघिको कार्यकालमा एनआरएनए अमेरिका विभाजित गरेको आरोप लगाउदै अध्यक्ष प्रत्यासी भानु खरेल र रामहरीको आलोचना गर्ने ति सदस्यको भनाइमा यस पटक नयाँ अनुहार चुन्ने हो । फ्लोरिडाका अभियानसंग जोडिएका एक सदस्यले नाम नबताउने सर्तमा भने,’मधेशी समुदायको मत एकत्रित रुपमा सतेन्द्र साहलाई जान्छ ।’ उपाध्यक्ष पदका उम्मेदवार मोहन वाइबाले पनि टिम सतेन्द्रलाई तामांग समुदायको ठुलो मत जाने दावी गरेका छन् ।

हामीले सहभागीहरु मध्यका भर्जिनियाका एक सदस्य निशा केसीलाई सोधेको प्रश्नको उत्तरमा उनीले भनिन, ‘म सतेन्द्र टिमको अध्यक्ष, मोहन न्यौपाने र करिना कुवरको एजेन्डाबाट प्रभावित छु र मेरो मत उनीहरुलाई जान्छ । बोस्टनकि संगीता मगरले भने अध्यक्षमा रामहरी अधिकारी र उपाध्यक्षमा मोहन वाइबालाई मत दिने बताइन । यता टेक्सासका सन्जिब न्यौपानेले भानु खरेल आफ्नो रोजाइको उम्मेदवार भएको बताए ।

हामीले मुख्य राज्यका ५० सदस्यसंग सोधेको थियौ जस अनुसार १० जना खुल्न चाहेनन् भने बाकि ४० मध्य १७ जनाको रोजाइ सतेन्द्र साह थियो भने १४ जनाको रोजाइमा रामहरी अधिकारी थिए भने बाकि ९ जनाले भानु खरेल रोजेका थिए । अन्य पदमा सर्वाधिक रोजाइमा मोहन वाइबा , सन्तोष पहाडी, मोहन न्यौपाने, रबिन्द्र उप्रेती र करिना कुवरको नाम अधिकांसले जित्ने र मत दिनेको सुचिमा रहेको बताए ।

हामीले सर्वेक्षणमा सहभागीहरुको नाम मतदाता सुचिमा रहेको नाम र स्थानिय शहरमा भएको कार्यक्रममा उपस्थित सदस्यलाई रोजेका थियौ । स्मरण रहोस संघको अमेरिका चुनावमा नेपाली जनसम्पर्क समितिको उल्लेख्य प्रभाव रहने छ भने प्रवासी मंचको मतले पनि परिणाम हेरफेर हुन सक्छ ।

यसका अतिरिक्त गैर आवासिय नेपाली अभियानको नेतृत्वमा रहेका सुनिल साह, हरिबोल भण्डारी र गौरी जोशी अन्तरिक रुपले साहको पक्षमा सक्रिय देखिन्छन भने केशव पौडेल सपष्ट नदेखिने गरि भानु खरेलको पक्षमा रहेको अनुमान गरिन्छ । कृष्ण जीबी पन्त, बुद्धि सुबेदी र दिलु पराजुलीको समर्थन भने रामहरी अधिकारीको लागि क्रियासिल रहेको अपुष्ट खवरहरु सार्वजनिक भएका छन् । नेपाली जनसम्पर्क समितिको अध्यक्ष आनन्द बिष्टको पक्षधरता खुलेको छैन भने प्रवासी मंचका नेता संजय थापा पनि आफ्ना मान्छे कुन समुहबाट जिताउन सकिन्छ त्यतै मत जोड्ने रणनीतिमा छन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.