राजनीति

सर्वदलीय बैठक : संसदीय संयन्त्र बनाउन सभामुखलाई आग्रह गर्ने निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका  सभापति रवि लामिछानेले बोलाउनुभएको सर्वदलीय बैठकले विपद व्यवस्थापनका लागि सहजीकरण गर्न सर्वदलीय संसदीय संयन्त्र बनाउने निर्णय गरेको छ ।

बैठकले संसदमा सहभागी राजनीतिक दलहरूको प्रतिनिधित्व हुने गरी एक हप्ताभित्र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि संसदीय विशेष समिति  गठनका लागि सभामुखलाई आग्रह गर्ने निर्णय गरेको हो ।

त्यसैगरी सर्वदलीय बैठकले भदौ १० गते तिब्बततिरबाट आएको रसुवा भोटेकोशी बाढीको नामाकरण गर्न पनि सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।

बैठकले रास्वपा सभापति रवि लामिछाने संयोजक रहनुभएको उच्च स्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय पनि गरेको  रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो

बैठकमा सहभागी नेपाली कम्युनिष्ट पार्टीका नेता माधवकुमार नेपालले प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने संयुक्त राष्ट्रसङ्घको बैठकमा जलवायु परिवर्तनका कारण नेपालले भोगेका क्षतिको दाबी गर्न सुझाव दिएको बताउनुभयो ।

नेता नेपालले जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने पर्याप्त आधारहरू नेपालसँग रहेकाले प्रधानमन्त्री शाहले यो कुरा उठाउन सक्नुपर्ने उहाँको भनाइ थियो ।

बैठकपछि नेपाली कांग्रेसका सभापति गगन थाप राप्रपाका नेता ज्ञानेन्द्र शाही, जनमत पार्टीका अध्यक्ष सिके राउत, लगायतका नेताहरूको सहभागिता रहेको थियो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्