नेपाल

सोलुको फेरुचेमा हेलिकप्टर दुर्घटना : एक विदेशीको मृत्यु, एक जना घाइते

सोलुखुम्बु। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा दुई हेलिकप्टर अवतरणका क्रममा दुर्घटना हुँदा एक विदेशी नागरिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ८ः११ मिनेटमा डाइनास्टिक एयर र फिस्टल एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घटनामा परेका हुन् । दुर्घटनामा हेलिकप्टरमा सवार एक विदेशी नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक विदेशी नागरिकको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी प्रहरी निरीक्षक मौसम तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा एक जना यात्रु घाइते भएका छन् ।

घाइतेलाई प्रभु एयरको हेलिकप्टरमार्फत उद्धार गरी प्राथमिक उपचारका लागि लुक्ला ल्याइएको प्रहरीले जनाएको छ । घाइतेको अवस्था र दुर्घटनामा परेको हेलिकप्टरमा सवार अन्य यात्रु तथा चालक दलका सदस्यको विवरण भने खुल्न बाँकी रहेको छ ।

हिमाली क्षेत्रको फेरुचेमा भएको उक्त दुर्घटनाको कारणबारे विस्तृत विवरण प्राप्त हुन सकेको छैन । घटनाबारे थप अनुसन्धान तथा विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्