राजनीति

नयाँ कार्यसमिति अद्यावधिकका लागि कांग्रेसद्वारा निर्वाचन आयोगमा निवेदन

काठमाडौँ । नेपाली काँग्रेस गगन थापा समुहले पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।

पार्टी महामन्त्री प्रदीप पौडेलले आज पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित सभापति सभापति गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमिति अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन दिनुभएको हो ।

महामन्त्री पौडेलले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको उपस्थितिमा आयोगका सचिव कृष्णप्रसाद काप्रीलाई १५ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको विवरण बुझाउनुभयो ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा–५१ अनुसार महामन्त्री पौडेलले कार्यसमितिको विवरणसहित पार्टीका अन्य दस्ताबेज आयोगमा बुझाउनुभयो । उहाँले कांग्रेसको विधान संशोधनसम्बन्धी विवरण, महाधिवेशनबाट पारित राजनीतिक दस्ताबेज, समसामयिक राजनीतिक दस्ताबेज तथा महाधिवेशनका निर्णयहरू आयोगलाई बुझाउनुभएको हो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्