साहित्य

लघुकथाकार पुष्करराज भट्टलाई चेरब स्मृति सम्मान

काठमाडौँ । चेरब स्मृति प्रतिष्ठानले वरिष्ठ साहित्यकार एवं लघुकथाकार पुष्करराज भट्टलाई चेरब स्मृति सम्मान–२०८२ प्रदान गरेको छ ।

प्रतिष्ठानको १३ औँ साधारण सभा तथा पाँचौँ अधिवेशनमा भएको उद्घाटन कार्यक्रममा सल्लाहकार रत्नकला घिमिरे र अध्यक्ष पुण्य घिमिरेले संयुक्त रूपमा भट्टलाई सम्मान प्रदान गर्नुभयो । सो कार्यक्रममा आशिष खनाल, सञ्जय लसोती, डा. तीर्थ भट्ट, निर्मणरमण पराजुली, श्याम श्रेष्ठ, भोजराज रेग्मी मुखाले, भानुभक्त न्यौपाने, केदार वाशिष्ठ, पदम खनाल, मधुश न्योपानेले कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रममा वरिष्ठ साहित्यकार महेश प्रसाईले शोकलाई शक्तिमा बदल्ने कार्य प्रतिष्ठानले गरिरहेको बताउनुभयो । यसै गरी अध्यक्ष घिमिरेले बाढीपीडितसँग समन्वय गरी प्रतिष्ठानले समयानुकूल सुरक्षासम्बन्धी कार्यक्रम र सामाजिक सेवा अगाडि बढाउने जानकारी दिनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्