साहित्य समाचार

साहित्यकार स्वर्गीय जगमोहन शाक्यको स्मृतिमा सिर्जना वाचन

ताप्लेजुङ । ताप्लेजुङका अग्रज साहित्यकार स्वर्गीय जगमोहन शाक्यको स्मृति दिवसमा सिर्जना वाचन गरिएको छ । शाक्यको १७ औं स्मृति दिवसको असवरमा मङ्गलबार सदरमुकाम फुङ्लिङमा सिर्जना वाचन कार्यक्रम गरिएको हो ।

जिल्लास्थित मुक्कुमलुङ साहित्यिक प्रतिष्ठानले स्वर्गीय शाक्यको स्मृति दिवसमा सिर्जना वाचन कार्यक्रम आयोजना गरेको हो । शाक्य मेडिकल हलको प्रयोजनमा आयोजित कार्यक्रममा स्थानीय अग्रजसहितका साहित्य सर्जकहरूले सिर्जना वाचन गर्नुभएको छ ।

मुक्कुमलुङ साहित्यिक प्रतिष्ठानका अध्यक्ष मनिष हेल्लोकका अनुसार जिल्लाका अग्रज साहित्य सर्जक भरत गुरुङ, चन्द्र मादेन (आन्छन), लेकाली कान्छा मुक्कुम, होमनाथ दाहाल, सीता पिरती, लीला आँसु, उदय भट्टराई, प्रशान्त लेखकसहित साहित्य सिर्जनामा सक्रिय तथा उदयमान सर्जकहरूले रचना वाचन गर्नुभएको अध्यक्ष हेल्लोकले जानकारी दिनुभयो ।

उहाँका अनुसार सर्जकहरूले कविता, गजललगायत विधाका रचनाहरू वाचन गरेका थिए । कार्यक्रममा वरिष्ठ लेखक तथा साहित्यकार राजेश्वर थापालाई दोसल्ला ओढाएर सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ ।

छ दर्जनभन्दा बढी विभिन्न कृति लेखन तथा प्रकाशन गरेर साहित्य क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै साहित्यकार थापालाई सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष हेल्लोकले बताउनुभयो ।

यता कार्यक्रममा फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन, कोशी प्रदेशका पूर्वमन्त्री बलबहादुर साम्सोहाङ, स्वर्गीय जगमोहनका छोरा शाक्य मेडिकल हलका सञ्चालक सुन्दरमोहन शाक्य लगायतका वक्ताले साहित्य क्षेत्रका लागि जगमोहनको योगदानबारे चर्चा गर्नुभएको थियो ।

स्वर्गीय जगमोहनले ताप्लेजुङको साहित्य विकासमा अतुलनीय योगदान गर्नुभएको प्रतिष्ठानले जनाएको छ । साहित्य सिर्जनासँगै शाक्यका गजल, कवितालगायत विधाका आधा दर्जन बढी कृति तथा पुस्तकहरू प्रकाशित भएका छन् ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्