क्यालिफोर्निया

क्यालिफोर्निया देशकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको श्रमिकहरूको पहिलो रोजाइको राज्य

साक्रामेन्टो। क्यालिफोर्नियाको अर्थतन्त्र विश्वको चौथो ठूलो र राष्ट्रकै पहिलो ठूलो अर्थतन्त्रको रूपमा आफ्नो वर्चस्व कायम राख्न सफल भएको छ; साथै, यस वर्ष पनि यो राज्य कामदारहरूका लागि देशकै उत्कृष्ट राज्य (नम्बर १) घोषित भएको छ। यस ‘लेबर डे’ (श्रमिक दिवस) को अवसरमा, गभर्नर ग्याभिन न्युसमले क्यालिफोर्नियालीहरू तथा देशभरका ती श्रमिकहरूको सम्मान र प्रशंसा गर्नुभयो जसले हाम्रा समुदाय, व्यवसाय र परिवारहरूलाई अझ सुदृढ बनाउँछन्।

गभर्नर ग्याभिन न्युसम भन्छन, “हाम्रो अर्थतन्त्र, हाम्रो राज्य र हाम्रो प्रगतिको आधार बन्ने प्रत्येक श्रमिकलाई धन्यवाद। तपाईंहरूकै कारण क्यालिफोर्निया अझ बलियो बनेको छ। श्रमिक अधिकारको संरक्षणदेखि न्यूनतम ज्याला वृद्धि गर्नेसम्मका कार्यहरूमा हामी श्रमिकहरूको साथमा उभिरहनेछौं र ‘गोल्डेन स्टेट’ (क्यालिफोर्निया) लाई परिवारहरूको काम र प्रगतिका लागि उत्कृष्ट राज्यको रूपमा कायम राख्नेछौं।”

सन् २०१९ देखि, गभर्नर न्युसमले श्रमिकहरूको सुरक्षा, अधिकार र ज्यालामा वृद्धि गर्नुका साथै उद्योग र नवीनताको भविष्यलाई अघि बढाउने क्यालिफोर्नियाली श्रमिकहरूको पक्षमा निरन्तर उभिनुभएको छ।

“क्यालिफोर्नियाको जनशक्तिले उच्च मनोबल र निरन्तर अग्रगतिको प्रदर्शन गरिरहेको छ,” श्रम तथा कार्यबल विकास निकायका सचिव स्टुअर्ट नक्सले भन्नुभयो। “राज्यभरका श्रमिकहरूले राम्रा रोजगारी, आकर्षक ज्याला र स्पष्ट करियरका अवसरहरू प्राप्त गरिरहेका छन्। यस श्रमिक दिवसमा हामी हाम्रो प्रगतिलाई फर्केर हेर्छौं, तर प्राप्त उपलब्धिमै सीमित भएर बस्दैनौं। हामी समतामूलक विकास र अवसरहरूलाई टेवा पुर्‍याउने आफ्नो प्रतिबद्धतालाई अझ दृढ बनाउँछौं।”

श्रमिक संगठन (युनियन), श्रमिक परिवार र आर्थिक विकासप्रति गभर्नर न्युसमले देखाउनुभएको समर्थनले क्यालिफोर्नियालाई व्यवसाय सञ्चालन गर्न र श्रमिकहरूका लागि एक उत्कृष्ट गन्तव्य बनाएको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्