डायस्पोरा

बागलुङ सेवा समाज कतारद्वारा विजयादशमीको टिका जमरा कार्यक्रम सम्पन्न

दोहा। बागलुङ सेवा समाज कतारले नेपालीहरूको महान् पर्व बडादसैँको शुभ अवसरमा कतारमै भव्य रूपमा विजया दशमीको टीका तथा जमरा ग्रहण कार्यक्रम आयोजना गरी पर्व मनाएको छ।

समाजले परदेशको व्यस्त जीवनका बाबजुद टीका तथा जमरा लगाएर नेपाली मौलिक संस्कृति, परम्परा र धार्मिक आस्थालाई निरन्तरता दिएको हो। रोजगारी तथा विभिन्न सिलसिलामा कतारमा बसोबास गर्दै आएका नेपालीहरूका लागि यस कार्यक्रमले आफ्नो घरदेशको संस्कृति र परम्परासँग जोडिने महत्त्वपूर्ण अवसर प्रदान गरेको छ।

विदेशमा रहेर पनि नेपाली चाडपर्व तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस कार्यक्रमले कतारमा रहेका नेपाली समुदायबीच आपसी सद्भाव, एकता र भाइचारा अभिवृद्धि गर्न ठूलो योगदान पुर्‍याएको छ।

बागलुङ सेवा समाज कतारका सल्लाहकार निराज गौतमले परदेशमा यस्ता सांस्कृतिक कार्यक्रमले प्रवासी नेपालीहरूलाई एकताबद्ध बनाउनुका साथै भाइचाराको भावना थप प्रगाढ बनाउन सहयोग पुर्‍याउने जानकारी दिएका छन्।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्