भ्रष्टाचार र लागुऔषध ओसारपसारमा संलग्न भएको आरोपमा कोलम्बियाली राजनीतिज्ञहरु माथि भिसा प्रतिबन्ध
वाशिंगटन। अमेरिकी विदेश मन्त्रालयले कोलम्बियाका २१ जना राजनीतिज्ञहरु माथि भिसा प्रतिबन्ध लगाएको छ। ट्रम्प प्रशासनले बताएअनुसार कोलम्बिया सरकारको पक्षमा भिसा प्रतिबन्ध लगाइएको हो।
अमेरिकी विदेश मन्त्रालयले बारागानका पूर्व अध्यक्ष-रिकार्डो रोआ , याहिर फर्नान्डो अकुना कार्डालेस – सिन्सेलेहोका मेयर, नवनिर्वाचित सिनेटर तथा प्रतिनिधि सभाका पूर्व सदस्य-वादिथ अल्बर्टो मान्जुर इम्बेट, प्रतिनिधि सभाका लागि नवनिर्वाचित प्रतिनिधि-कारेन् एस्त्रिथ मानरिक ओलार्ते, पूर्व सिनेटर-जुलियो, एलियास चागुई फ्लोरेज, पूर्व सिनेटर-लिलियाना एस्थर वितार कास्टिला र पूर्व कंग्रेसम्यान तथा एन्भिगाडोका पूर्व मेयर, होसे इग्नासियो मेसा बेतानकुर र तिनका परिवारहरूमाथि भिसा प्रतिबन्ध लगाएको छ।
‘इमिग्रेसन एण्ड नेसनालिटी एक्ट’को दफा २१२(ए)(३)(सी) ले अमेरिकी विदेश मन्त्रीलाई कुनै पनि विदेशी नागरिकलाई भिसा दिन अस्वीकार गर्ने अधिकार दिन्छ, यहि नीति अन्तर्गत भिसा प्रतिबन्ध लगाएको हो ।