मनोरंजन

अभिनेत्री एरियाना ग्रान्डे आलोचना र अत्याधिक चासोको कारण सार्वजनिक जीवनबाट हराउदै

लस एन्जलस । अभिनेत्री तथा गायिका एरियाना ग्रान्डेले सार्वजनिक चासो र निरन्तरको आलोचनाका कारण केही समयका लागि चर्चाको केन्द्रबाट टाढा रहने घोषणा गरेकी छिन्।

‘पिपल’ म्यागजिनका अनुसार, ‘विकेड’की यी स्टारले स्टेफन सोन्डहाइमको ‘वेस्ट एन्ड’नाटक ‘सन्डे इन द पार्क विथ जर्ज’मा अभिनय गर्ने योजनाबाट पनि आफूलाई अलग गरेकी छिन्; उक्त नाटकमा उनी ‘ब्रिजर्टन’का स्टार जोनाथन बेलीसँग मुख्य भूमिकामा देखिने तय भएको थियो।

ग्रान्डेका प्रतिनिधिले भने, “एरियानाले ‘इटरनल सनसाइन टुर’ पूरा गरेपछि सार्वजनिक जीवन र चर्चाबाट केही समय विश्राम लिनेछिन्।”

“उनी यो टुरलाई स्वास्थ्य र खुसीका साथ उत्कृष्ट रूपमा सम्पन्न गर्न चाहन्छिन्। त्यसपछि उनी सार्वजनिक काम र उपस्थितिबाट लामो समयदेखि चलिरहेको निरन्तरको आलोचना र चासोका कारण आवश्यक देखिएको विश्राम लिनेछिन्। यो टुर उनका लागि एक सुन्दर अनुभव बनेको छ। उनी आफ्ना प्रशंसकहरूलाई असाध्यै माया गर्छिन् र उनले यस टुरको हरेक क्षणलाई निकै आनन्दका साथ बिताएकी छिन्।”

‘भिक्टोरियस’ र ‘स्याम एन्ड क्याट’ जस्ता कार्यक्रमहरूबाट चर्चामा आएकी यी पूर्व बाल कलाकारले ‘विकेड’चलचित्रमार्फत थप लोकप्रियता हासिल गरेकी छिन्। यो चलचित्र ‘विजार्ड अफ अज’का जादुगरनीहरूको उत्पत्ति कथालाई नयाँ ढंगले प्रस्तुत गर्ने कथामा आधारित छ।

विशेष गरी शुक्रबार सार्वजनिक भएको ‘पेटल’को म्युजिक भिडियोमा यी गायिकाको तौल निकै घटेको देखिएपछि प्रशंसकहरूले उनको स्वास्थ्यलाई लिएर चिन्ता व्यक्त गरेका छन्।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्