नेपाल

सप्तरीको बोदेबरसाइन क्षेत्रमा अर्को आदेश नभएसम्म कर्फ्यु

सप्तरी । सप्तरीको बोदेबरसाइन नगरपालिका क्षेत्रमा शान्ति–सुरक्षा कायम राख्न जिल्ला प्रशासन कार्यालय सप्तरीले अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ।

जिल्ला सुरक्षा समितिको बिहीबार राति बसेको बैठकको निर्णयअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (१) बमोजिम प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले कर्फ्यु आदेश जारी गर्नुभएको हो।

जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनाअनुसार कर्फ्यु क्षेत्रको पूर्वी सीमा हुलाकी राजमार्गस्थित खडक पुल, पश्चिममा पृतमपुर चोक, उत्तरमा नेङ्गडा चोक र दक्षिणमा मानराजा चोकसम्म तोकिएको छ।

प्रशासनका अनुसार कर्फ्यु आदेश बिहीबार राति १० बजेदेखि अर्को आदेश जारी नभएसम्म लागू रहनेछ। जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेशको उल्लङ्घन गरी कुनै पनि गतिविधि गरे, गराए वा गराइएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्