राजनीति

राष्ट्रपतिद्वारा प्रधानमन्त्रीसँग मुलुकका विभिन्न भागमा विकसित विषम सुरक्षा अवस्थाबारे चासो

काठमाडौँ । काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहसँग मुलुकका विभिन्न भागमा विकसित विषम सुरक्षा अवस्थाबारे जानकारी लिनुभएको छ।

बिहीबार शीतल निवासमा प्रधानमन्त्री शाहलाई बोलाएर राष्ट्रपति पौडेलले पछिल्ला हिंसात्मक घटनाप्रति चिन्ता व्यक्त गर्दै शान्ति–सुरक्षा अवस्थाबारे जानकारी लिनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो।

भेटमा प्रधानमन्त्री शाहले शान्ति सुव्यवस्था कायम गर्न सरकारले गरिरहेका प्रयासबारे राष्ट्रपतिलाई जानकारी गराउनुभएको थियो।

सो अवसरमा राष्ट्रपति पौडेलले राजनीतिक दलसहित सबै पक्षलाई साथमा लिएर संयमतापूर्वक वर्तमान परिस्थितिलाई साम्य पार्न र सामाजिक सद्भाव कायम गर्न सुझाव दिनुभएको थियो।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्