क्यालिफोर्नियामा सवारी साधन चोरीको घटनामा करिब २५ प्रतिशतले कमी
न्याय विभागका अनुसार हत्याको दर १८.६% ले घटेको छ; दर्ता भएका हत्याका घटनाहरू १,६६६ बाट घटेर १,३७४ मा झरेका छन्। लुटपाटको दर १९.९% ले घटेको छ। सम्पत्तिसम्बन्धी अपराधको दर १४.३% ले घटेको छ। मोटर गाडी चोरीको दर २५.८% ले घटेको छ, जुन प्रमुख अपराध वर्गहरूमध्ये सबैभन्दा ठूलो प्रतिशतको गिरावट हो। हिंसात्मक अपराधको दर १०.२% ले घटेको छ। क्यालिफोर्नियामा हत्याको दर अहिले प्रति १,००,००० बासिन्दामा ३.५ रहेको छ।
साक्रामेन्टो। गभर्नर ग्याभिन न्युसमले आज घोषणा गरे कि राज्यभरि सवारी साधन चोरीका घटनाहरू लगातार दोस्रो वर्ष घटेका छन् र सन् २०२५ मा यस्ता घटनामा करिब २५ प्रतिशतले कमी आएको छ। सवारी साधन चोरीमा करिब एक चौथाइले कमी ल्याउन राज्यले हासिल गरेको यो प्रगतिले क्यालिफोर्नियामा सम्पत्ति सम्बन्धी अपराध, हिंसात्मक अपराध र लुटपाटमा देखिएको दोहोरो अंकको कमीलाई अझ बलियो बनाएको छ। गभर्नर न्युसमको नेतृत्वमा, क्यालिफोर्निया हाइवे पेट्रोल (सीएचपी) ले लक्षित कारबाही र जनचेतना मार्फत संगठित सवारी साधन चोरी तथा अन्य अपराधहरू नियन्त्रण गर्न स्थानीय कानुन कार्यान्वयन निकायहरूसँग मिलेर काम गरिरहेको छ।
गभर्नर ग्याभिन न्युसम भन्छन, “क्यालिफोर्नियाका बासिन्दाहरूले फर्केर आउँदा आफ्नो कार त्यहाँ होला कि नहोला भनेर चिन्ता लिनु नपरोस्। क्यालिफोर्नियाभरि अपराध घटेको छ र सवारी साधन चोरीका घटनाहरू पनि घटिरहेका छन् किनभने हाम्रा कानुन कार्यान्वयन अधिकारीहरूले चोरी गर्ने गिरोहहरूलाई ध्वस्त पार्दै, चोरी भएका सवारी साधनहरू बरामद गर्दै र अपराधीहरूलाई कानुनी दायरामा ल्याउँदै छन्। अपराधीहरूलाई जवाफदेही बनाउने र अपराध घटाउने काममा लागेका महिला तथा पुरुषहरूलाई हामी निरन्तर सहयोग गर्नेछौं।”
“सवारी साधन चोरी पीडितविहीन अपराध होइन। यसले संगठित आपराधिक गतिविधिलाई बढावा दिन्छ र क्यालिफोर्नियाभरका परिवारहरूका लागि कठिनाइ सिर्जना गर्छ,” सीएचपी आयुक्त सिन ड्युरिले भने। “सीएचपी अपराधीहरूलाई जवाफदेही बनाउन, चोरी भएका सवारी साधनहरू बरामद गर्न र हाम्रा समुदायहरूलाई सुरक्षित बनाउन कानुन कार्यान्वयन साझेदारहरूसँग मिलेर काम गर्न प्रतिबद्ध छ।”
गत वर्ष, सीएचपीले करिब १८,००० सवारी साधनहरू बरामद गरेको थियो। सन् २०२५ मा, क्यालिफोर्नियामा कानुन कार्यान्वयन निकायहरूद्वारा चोरी भएका कुल सवारी साधनमध्ये ८४ प्रतिशत बरामद गरिएका थिए, जसको कुल संख्या १,११,६६१ पुगेको थियो। विशिष्ट प्रकारका सवारी साधनहरूको हकमा बरामद दर अझ उच्च थियो; चोरी भएका कारहरूमध्ये ९२.५ प्रतिशत र चोरी भएका व्यक्तिगत ट्रक तथा एसयुभी हरूमध्ये ८९.३ प्रतिशत बरामद गरिएका थिए। बरामद गरिएका सवारी साधनहरूमध्ये आधाभन्दा बढी साधनहरू चलाउन मिल्ने अवस्थामा नै तिनका मालिकहरूलाई फिर्ता गरिएका थिए।
सार्वजनिक सुरक्षामा राज्यको उल्लेख्य लगानी र आपराधिक गतिविधि न्यूनीकरण गर्न स्थानीय कानुन कार्यान्वयन निकायहरूलाई सघाउने उद्देश्यले बढाइएका अभियानहरूकै बीच, सन् २०१९ यता पहिलो पटक राज्यमा सवारी साधन चोरीका घटनामा वार्षिक कमी देखिएको छ। सन् २०२४ को सुरुवातसँगै, गभर्नर ग्याभिन न्युसमले क्षेत्रीय अपराध नियन्त्रण अभियानमार्फत स्थानीय कानुन कार्यान्वयन निकायहरूसँग मिलेर काम गर्न क्यालिफोर्निया हाइवे पेट्रोलका अधिकारीहरू खटाउनुभयो; सुरुमा बेकर्सफिल्ड, सान बर्नार्डिनो र ओकल्यान्डमा केन्द्रित यो पहल सन् २०२५ मा सार्वजनिक सुरक्षा अझ सुदृढ पार्न क्षेत्रीय रूपमा विस्तार गरियो।

न्याय विभागका अनुसार हत्याको दर १८.६% ले घटेको छ; दर्ता भएका हत्याका घटनाहरू १,६६६ बाट घटेर १,३७४ मा झरेका छन्। लुटपाटको दर १९.९% ले घटेको छ। सम्पत्तिसम्बन्धी अपराधको दर १४.३% ले घटेको छ। मोटर गाडी चोरीको दर २५.८% ले घटेको छ, जुन प्रमुख अपराध वर्गहरूमध्ये सबैभन्दा ठूलो प्रतिशतको गिरावट हो। हिंसात्मक अपराधको दर १०.२% ले घटेको छ। क्यालिफोर्नियामा हत्याको दर अहिले प्रति १,००,००० बासिन्दामा ३.५ रहेको छ। यो दर राज्यव्यापी रूपमा तथ्याङ्क सङ्कलन सुरु गरिएको करिब छ दशकयताकै सबैभन्दा कम हो।
अपराधका दरहरूमा सर्वत्र कमी आएको छ: हत्यामा २०%, लुटपाटमा ३१%, सम्पत्तिसम्बन्धी अपराधमा २४%, मोटर गाडी चोरीमा १९% र हिंसात्मक अपराधमा ३% ले कमी आएको छ।
क्यालिफोर्नियाले सार्वजनिक सुरक्षा सुधार गर्न ऐतिहासिक लगानी गरेको छ। यसमा स्थानीय कानुन कार्यान्वयन निकायहरूलाई सहयोग गर्ने, संगठित खुद्रा व्यापारसम्बन्धी अपराध र सवारी साधन चोरी नियन्त्रण गर्ने, बन्दुक सुरक्षासम्बन्धी कानुनहरूलाई सुदृढ पार्ने, अपराध रोकथाम कार्यक्रमहरूको विस्तार गर्ने, प्रविधि तथा अनुसन्धान क्षमतामा सुधार गर्ने र समुदायमा आधारित हिंसा न्यूनीकरणका प्रयासहरूमा लगानी गर्ने कार्यहरू समावेश छन्।
यी लगानीहरूले क्यालिफोर्नियालीहरूलाई सुरक्षित राख्न दैनिक रूपमा काम गरिरहेका स्थानीय साझेदारहरूलाई सहयोग पुर्याउनुका साथै राज्यभर मापनयोग्य प्रगति हासिल गर्न मद्दत गरेका छन्।