क्यालिफोर्निया

क्यालिफोर्नियामा २२ हजार गिरफ्तारी र १५ करोड अमेरिकी डलर बराबरका चोरीका सामानहरू बरामद

स्याक्रामेन्टो। क्यालिफोर्नियालीहरूलाई सुरक्षित राख्न स्थानीय सरकार र राज्य साझेदारीलाई प्राथमिकता दिँदै गभर्नर गेभिन न्यूसमले आज संगठित रुपले हुने चोरीसँग लड्ने र अपराधीहरूलाई उनीहरूको कार्यको लागि मुद्धा चलाउने सन्दर्भमा महत्वपूर्ण उपलब्धि हासिल गरेको तथ्य सार्वजनिक गरेका छन् । अक्टोबर २०२३ र मार्च २०२५ को बीचमा राज्य-वित्त पोषित स्थानीय कानून प्रवर्तन अपरेशनहरूले २२,१०० भन्दा बढी संदिग्धहरूलाई पक्राउ गरेको छ र लगभग १७,१०० मुद्दाहरूलाई अभियोजनको लागि सिफारिस गरेको जनाएको छ ।

राज्य-वित्त पोषित यस कार्य मार्फत, कानून प्रवर्तन एजेन्सीहरूले लगभग १५० मिलियन अमेरिकी डलर चोरी भएको सम्पत्ति पुन: प्राप्त गर्न सक्षम भएको दावी गरेको छ ।

यस कोषले ३८ कानून प्रवर्तन एजेन्सीहरूलाई नयाँ उपकरणहरू खरिद गर्न, परिष्कृत कार्यान्वयन सञ्चालन सुरु गर्न, नयाँ कर्मचारी भर्ना गर्न र स्थानिय समुदायसँग साझेदारी स्थापना गर्न २४२ मिलियन अमेरिकी डलर कोष प्रदान गरेको छ।

गभर्नर न्यूसमद्वारा प्रस्तावित र राज्य तथा सामुदायिक सुधार बोर्ड (बीएससिसि) द्वारा वितरण गरिएको, अनुदानहरू कानून प्रवर्तन र स्थानिय समुदायलाई सहयोग गर्न महत्त्वपूर्ण साबित भएका बताइएको छ ।

बीएससीसी बोर्ड अध्यक्ष लिन्डा पेनरले भनिन्, ‘ओआरटी अनुदानले हाम्रा कानून प्रवर्तन साझेदारहरूलाई संगठित खुद्रा चोरी विरुद्ध लड्न रणनीतिक, समन्वित प्रतिक्रियाहरू कार्यान्वयन गर्न सक्षम बनाउने महत्वपूर्ण स्रोतहरू प्रदान गरेको छ । यी प्रयासहरूले मापनयोग्य परिणामहरू उत्पादन गरिरहेका छन्, सार्वजनिक सुरक्षालाई सुदृढ पारिरहेका छन्, र स्थानीय खुद्रा अर्थतन्त्रहरूलाई राज्यव्यापी सफलताका साथ समर्थन गरिरहेका छन्।’

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.