नेपाल

कर्णालीमा हवाई उडान प्रभावकारी बनाउन छलफल

काठमाडौँ । कर्णाली प्रदेशको हवाई उडान सेवामा देखिएका समस्या र तिनको समाधानका उपायबारे सरोकारवालाबिच गहन छलफल भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल ‘गनेस,’ कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री, मन्त्रालयका सचिव तथा सहसचिव, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक र कर्णालीका पहाडी क्षेत्रमा हवाई सेवा सञ्चालन गर्दै आएका निजी वायुसेवा सञ्चालकबिच छलफल भएको हो ।

छलफलमा कर्णाली प्रदेशका पहाडी क्षेत्रमा हवाई उडान सेवा सञ्चालनका क्रममा देखिएका समस्या पहिचान गर्दै सेवा प्रभावकारी बनाउने तथा तिनको समाधानका सम्भावित उपायबारे विचारविमर्श गरिएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्