सबैलाई मिलाएर लाने जिम्मेवारी काँधमा आएको छ – सभापति थापा
स्याङ्जा। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफु नेतृत्वमा कर्म गर्न आएको बताउनुभएको छ ।
पुतलीबजार नगरपालिका –१ मा रहेका जिल्ला पार्टी कार्यालयमा आयोजित स्वागत एवं कार्यकर्ता भेटघाट कार्यक्रममा सोमबार सभापति थापाले पार्टीमा आफ्नो स्वार्थ नभएको र चमत्कार नै गर्न पनि नसक्ने बताउनुभयो ।
नेपाली कांग्रेसमा चार पुस्ता रहेको बताउदै थापाले आफुभन्दा ३० बर्ष जेठा र ३० बर्ष कान्छा नेता कार्यकर्ता मिलाएर लैजाने जिम्मा आफ्नो काँधमा आएको बताउनुभयो । आफु सभापतिमा निर्वाचित भएसँगै पहिलो पल्ट सार्वजनिक रुपमा बोलेको बताउदै थापाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाको केन्द्रसम्म धेरै नेतृत्वविहीन भएको र सबैलाई जिम्मेवारी दिएर पार्टीलाई मिलाएर लाने बताउनुभयो ।
आन्तरिक प्रतिस्पर्धामा पराजित भएर नेतृत्वमा जान नपाउने भन्ने नहुने बताउदै थापाले काम गर्छु भन्नेले जिम्मवारी पाउने बताउनुभयो । पार्टीले गत निर्वाचनमा मत गुमाएको नभइ विश्वास गुमाएको भन्नुहुँदै सभापति थापाले विश्वासलाई पुनस्थापित गर्न सके मत आफै आउने बताउनुभयो ।
उहाँले पुस र माघ महिनामा चुनावको वातावरण बनाउने बताउदै थापाले विधान बमोजिम टिकट वितरण हुने बताउनुभयो । पार्टीमा छुटेकालाई एक बनाउदै जाने तथा स्थानीय र प्रदेश निर्वाचनमा पार्टी पहिलो बन्ने उहाँको भनाइ छ ।