खेलकुद

अन्तरविद्यालय फुटसल प्रतियोगिता बुधबार देखि

काठमाडौं। भ्याली पब्लिक हाइ स्कुलको आयोजनामा पाँचौं भ्याली पब्लिक अन्तरविद्यालय फुटसल प्रतियोगिता बुधबारदेखि हुने भएको छ ।

प्रतियोगितामा विभिन्न ३ विधामा ५८ टिमको सहभागिता रहने भ्याली पब्लिककी सह–संस्थापक सुनिता विष्ट अधिकारीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइन् ।

यु–१६ सिनियर ब्वाइजमा २६, यु–१६ सिनियर गल्र्समा १६ र यु–१२ जुनियर ब्वाइजमा १६ टिमले भाग लिने छन् । उमेरसमूहमा पहिलोपटक प्रतियोगिता हुन लागेको हो । यसअघि विद्यार्थी अध्ययनरत कक्षाका आधारमा प्रतिस्पर्धा भएको थियो ।

नेक्स्टस्पोट्र्जको प्राविधिक सहयोगमा हुने प्रतियोगिताको विजेताले १५ हजार तथा उपविजेताले १० हजार नगद पुरस्कार पाउने छन् । उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई पनि पुरस्कृत गरिने छ ।

प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख २५ हजार २ सय ५० रुपैयाँ खर्च हुने भ्याली पब्लिकका प्रशासन प्रमुख महेश अधिकारीले जानकारी दिए ।

साउन १९ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु भंगालस्थित आयोजककै हलमा खेलाइने छ । प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न भ्याली पब्लिक इसीए÷सीसीए इन्चार्ज अजय बस्नेतको संयोजकत्वमा समिति गठन गरिएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्