मनोरंजन
‘रामायण’को ट्रेलर बिहीबार विश्वभर सार्वजनिक हुने
इन्स्टाग्राममा यो जानकारी साझा गर्दै उनीहरूले लेखे, "शुभ 'ब्रह्ममुहूर्त' मा, हामी ३० जुलाई २०२६, बिहीबार बिहान ४:१५ बजे (IST) विश्वभर हाम्रो ट्रेलरमार्फत 'रामायण' को आगमनलाई स्वागत गर्दछौं।"
मुम्बई । रणवीर कपुर र यश अभिनित ‘रामायण’ को ट्रेलर ३० जुलाई बिहिबार सार्वजनिक हुने भएको छ।
बहु प्रतिक्षित रामायण’ को ट्रेलर सुरुमा २४ जुलाईमा रिलिज हुने अपेक्षा गरिएको थियो, तर यसलाई पछि सारिएपछि दर्शकहरु सार्वजनिक हुने नयाँ मिति कहिले होला भन्नेबारे उत्सुक थिए।
मंगलबार, निर्माण पक्षले आधिकारिक रूपमा घोषणा गर्यो कि ट्रेलर अब ३० जुलाईमा सार्वजनिक गरिनेछ।
इन्स्टाग्राममा यो जानकारी साझा गर्दै उनीहरूले लेखे, “शुभ ‘ब्रह्ममुहूर्त’ मा, हामी ३० जुलाई २०२६, बिहीबार बिहान ४:१५ बजे (IST) विश्वभर हाम्रो ट्रेलरमार्फत ‘रामायण’ को आगमनलाई स्वागत गर्दछौं।”