नेपाल

डा. गोविन्द केसी र वार्ता टोलीबिच औपचारिक वार्ता भोलि

​चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका विभिन्न माग राख्दै डा. केसी विगत तीन दिनदेखि आमरण अनशनमा हुनुहुन्छ ।

काठमाडौँ । अनशनरत डा. गोविन्द केसी र सरकारी वार्ता टोलीका सदस्य एवम् शिक्षा सचिव चूडामणि पौडेलबिच शनिबार शिष्टाचार भेटघाट भएको छ ।

केसीका सहयोगी डा. अमृत जैसीका अनुसार अस्पतालमा उपचाररत डा. केसीलाई भेट्न शिक्षा सचिव पौडेल आफैँ पुग्नुभएको थियो । भेटमा सचिव पौडेलले डा. केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै सरकारका तर्फबाट सद्भाव व्यक्त गर्नुभएको सहयोगी जैसीले जानकारी दिनुभयो ।

​जैसीका अनुसार सरकारी वार्ता टोलीका अन्य सदस्यहरू काठमाडौँ बाहिर वा व्यस्त रहेकाले आज औपचारिक वार्ता भने हुन सकेन । वार्ता टोलीका बाँकी सदस्यहरू उपस्थित भएपछि भोलिदेखि औपचारिक वार्ता सुरु गर्ने गरी दुवै पक्षबिच सहमति भएको छ।

​चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका विभिन्न माग राख्दै डा. केसी विगत तीन दिनदेखि आमरण अनशनमा हुनुहुन्छ । भोलि हुने वार्ताले उहाँका माग सम्बोधन गर्दै अनशन अन्त्य गराउन सकारात्मक निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्