अर्थ

१ वर्षमा वीरगञ्जबाट २ खर्ब ३८ अर्बको इन्धन आयात

वीरगञ्ज । देशको प्रमुख भन्सार नाका वीरगञ्जबाट  आर्थिक वर्ष ०८२/०८३ मा २ खर्ब ३८ अर्ब ५६ करोड मूल्य बराबरको इन्धन आयात भएको छ । 

गत आर्थिक वर्ष ०८१/०८२ को तुलनामा ४६ अर्ब ६३ करोड बढीको इन्धन आयात वीरगञ्ज नाकाबाट भएको भन्सार तथ्याङ्कले देखाएको छ ।

गत आर्थिक वर्ष ०८१/०८२ मा वीरगञ्ज नाकाबाट १ खर्ब ९१ अर्ब ९३ करोड मूल्य बराबरको इन्धन आयात भएको थियो ।

वीरगञ्ज भन्सार नाकाबाट  आर्थिक वर्ष ०८२/०८३ मा १ खर्ब ३२ अर्ब ३४ करोड मूल्य बराबरको डिजेल आयात भएको छ भने सो अवधिमा ४७ अर्ब ३५ करोड मूल्य बराबरको पेट्रोल आयात भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्ण प्रसाद मैनालीले जानकारी दिनुभयो ।

त्यसैगरी वीरगञ्ज नाकाबाट  एक वर्षको अवधिमा ३३ अर्ब ४२ करोड मूल्य बराबरको खाना पकाउने एल.पी ग्याँस आयात भएको छ भने सो अवधिमा २३ अर्ब ६२ करोड मूल्य बराबरको हवाई इन्धन आयात भएको छ ।

त्यसैगरी वीरगन्ज नाकाबाट ३७ करोड मूल्य बराबरको मट्टितेल आयात भएको प्रमुख भन्सार प्रशासक मैनालीले बताउनुभयो ।

गतवर्षको तुलनामा इन्धन आयात मध्ये एल पी ग्याँस आयात कम भएको छ । गतवर्षको तुलनामा चालु आर्थिक वर्ष ०८२/०८३ मा २ अर्ब ८५ करोड मूल्य बराबरको खाना पकाउने एल पी ग्याँसको आयात कम भएको भन्सार तथ्याङ्कले देखाएको  छ ।

वीरगञ्ज नाकाबाट गत वर्ष ०८१/०८२ मा ३६ अर्ब ३७ करोडको एल पी ग्याँस आयात भएको थियो ।

इन्धनको आयातबाट  आर्थिक वर्ष ०८२/०८३ मा वीरगन्ज भन्सारले ८० अर्ब ६८ करोड राजश्व सङ्कलन गरेको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्ण प्रसाद मैनालीले जानकारी दिनुभयो ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्