अदालतद्वारा क्यालिफोर्नियाको हिन्दुहरुको पर्व दीपावलीको बिदा खारेज
उक्त कानुनले दीपावलीलाई सबैका लागि अनिवार्य सशुल्क बिदाका रूपमा भने तोकेको थिएन। यसले योग्य राज्य कर्मचारीहरूलाई सशुल्क बिदा उपयोग गर्ने अनुमति दिएको थियो भने सार्वजनिक विद्यालय तथा सामुदायिक कलेजहरूलाई यो पर्वको अवसरमा बिदा दिने वा नदिने भन्ने विकल्प प्रदान गरेको थियो।
लस एन्जलस । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियास्थित एक अदालतले दीपावलीलाई आधिकारिक रूपमा राज्यस्तरीय बिदाका रूपमा मान्यता दिने राज्य सरकार र संसदको निर्णय खारेज गरेको छ। गभर्नर ग्याभिन न्युसमको आदेश लागू भएको एक वर्ष पनि नबित्दै यस्तो निर्णय आएको हो।
अदालतको यो फैसला बिदाको व्यावहारिक उद्देश्यभन्दा पनि कानुनमा दीपावलीको धार्मिक महत्त्वबारे उल्लेख गरिएका शब्दहरूमा केन्द्रित थियो।
पेन्सिलभेनिया र कनेक्टिकटपछि अमेरिकाको तेस्रो राज्यका रूपमा क्यालिफोर्नियाले अक्टोबर २०२५ मा यो हिन्दू पर्वलाई राज्यस्तरीय बिदाका रूपमा मान्यता दिएको थियो। क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसमले एसेम्बली सदस्य आष कालराद्वारा प्रस्तुत विधेयकमा हस्ताक्षर गरेर यसलाई कानुनि मान्यता दिएका थिए।