इमिग्रेशन अपडेट

बालिकामाथि यौन दुर्व्यवहारको आरोपी आप्रवासीलाई रिहा नगर्न आइसद्वारा क्यालिफोर्नियासंग आग्रह

वाशिंगटन । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका एक अवैध आप्रवासीलाई ‘स्यान्क्चुअरी’ नीति भएको कराँ देखाउदै जेलबाट रिहा नगर्न अनुरोध गरेको छ ।

उक्त अनुरोध साक्रामेन्टोको एक ‘डे-केयर’ (बाल हेरचाह केन्द्र) मा ६ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका एक अवैध आप्रवासीसँग सम्बन्धित छ।

स्थानीय समाचारका अनुसार, यो घटना जुलाई २०२५ मा एउटा ‘डे-केयर’ मा भएको थियो जहाँ टर्कीका आप्रवासी गोखान बाग्सी कार्यरत थिए। पीडित बालिकाकी आमाले बताएअनुसार, बाग्सीले ‘लुकामारी’ खेल्ने बहानामा बालिकालाई एउटा कोठरी भित्र लगेर यौन दुर्व्यवहार गरेका थिए। त्यसपछि उनले सोही दिन बालिकालाई शौचालयमा लगेर बलात्कार गरेको आरोप छ।

बाग्सीलाई साक्रामेन्टो काउन्टी शेरिफको कार्यालयले २२ अगस्ट २०२५ मा पक्राउ गरेको थियो र आइसले सोही दिन उनीविरुद्ध ‘डिटेनर’ दर्ता गरेको थियो। उनीमाथि १४ वर्षभन्दा कम उमेरकी बालिकासँग अश्लील तथा कामुक क्रियाकलाप गरेको आरोप लगाइएको छ।

“यी आप्रवासीमाथि आफूले काम गर्ने ‘डे-केयर’ मा ६ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप छ,” सहायक सचिव लरेन बिस ले भनिन्। “उनीमाथि अब बालबालिकासँग अश्लील तथा कामुक क्रियाकलाप गरेको आरोप लागेको छ। हामी ‘स्यान्क्चुअरी’ राजनीतिज्ञहरूलाई यो विकृत मानसिकता भएका व्यक्तिलाई जेलबाट रिहा नगर्ने प्रतिबद्धता जनाउन र आइसको कानुन कार्यान्वयन प्रक्रियामा सहयोग गर्न आह्वान गर्दछौं।”

डिएचएसका अनुसार बाग्सी पहिलो पटक २१ नोभेम्बर २०२३ मा दक्षिणी सीमा पार गरेर अवैध रूपमा संयुक्त राज्य अमेरिका प्रवेश गरेका थिए। १२ डिसेम्बर २०२३ मा उनी टर्कीको इस्तानबुल गए र पछि १७ सेप्टेम्बर २०२४ मा पुनः अमेरिका प्रवेश गरेका थिए ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्