राजनीति

काठमाडौँ  ।  प्रतिनिधिसभाको आजको बैठकले ‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ । 

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको ‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ सभाको बहुमतले पारित गरेको सभामुख डोलप्रसाद अर्यालले घोषणा गर्नुभयो ।

विधेयकमाथिको दफावार छलफलमा उठेका विषयमा जवाफ दिँदै अर्थ आफूहरूको एउटै लक्ष्य देशलाई ग्रे लिष्टबाट देशलाई निकाल्ने रहेको बताउनुभयो ।

डा. वाग्लेले ग्रे लिष्टबाट देशलाई निकाल्नका लागि निगरानी भइरहेको र सम्पत्ति शुद्धीकरण जस्तो विषयलाई राजनीतिक अभिष्ट पुरा गर्न दुरुपयोग गरियो भने देश ग्रे लिष्टबाट बाहिर निस्कन नसक्ने बताउनुभयो ।

विधेयकमाथि परेका संशोधनको प्रस्तावहरू सभाको बहुमतले अस्वीकृत गरेको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्