राजनीति

‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रतिनिधिसभाबाट पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ पारित गरेको छ ।

बैठकमा व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले प्रस्तुत गर्नुभएको ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ सभाको बहुमतले पारित गरेको हो ।

माथिका दफावार छलफलमा उठेको विषयमा जवाफ दिँदै भूमि मन्त्री रावलले बचत कर्ताको बचत फिर्ता गर्ने विषय सबैभन्दा महत्वपूर्ण रहेको र यसमा प्रतिपक्षको साथ र सहयोग रहने अपेक्षा रहेको बताउनुभयो ।

मन्त्री रावलले बचतकर्ताको बचत उठाउन निर्मम भएर कठोर निर्णय लिनुपर्ने अवस्था रहेको र त्यसका लागि विभिन्न पक्षहरूसँग छलफल गरेर अगाडी बढेको बताउनुभयो ।

मन्त्री रावलले सहकारी क्षेत्रको सुधारका लागि सहकारी सिद्धान्त र उद्देश्य अनुसार चल्नु आवश्यक रहेको र यस क्षेत्रलाई राजनीतिबाट टाढा राख्नुपर्ने रहेको बताउनुभयो ।

विधेयकमा परेका संशोधनहरू मध्ये मन्त्री जवाफ दिने क्रममा स्वीकार गर्नुभएका र सांसदहरुले फिर्ता लिनुभएका बाहेक अन्य संशोधन प्रस्तावहरू सभाले अस्वीकृत गरेको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्