राजनीति

सुनसरीको देवानगञ्जको स्थिति सामान्यतर्फ उन्मुख बन्दै गरेको सरकारको दावी

सुनसरी। गृह मन्त्रालयले सुनसरीको देवानगञ्जको घटनापछि  उत्पन्न  स्थिति सामान्यतर्फ उन्मुख रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीको दावीलाई सरकारको आधिकारिक भनेको छ।

स्थानीय दुई समूहबीच भएको झडपलाई नियन्त्रण गर्ने क्रममा गोली लागेर एक जनाको उपचारको क्रममा निधन भएको थियो ।

उक्त  घटनामा सुरक्षा फौजका १५ जना र स्थानीय ११ जना घाइते भएको सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेले जानकारी दिनुभयो । देवानगञ्ज, हरिनगरा, कप्तानगञ्ज, लौकही, इनरुवाजस्ता क्षेत्रमा तोडफोड र आगजनीका घटना भएपछि त्यस क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो ।

हाल घटनास्थल क्षेत्रको स्थिति नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं नायब उपरीक्षक चन्द्र खड्काले जानकारी दिनुभयो ।

जिल्लास्थित पूर्वपश्चिम राजमार्ग दक्षिणतर्फका केही बजार भने बन्द रहेको उहाँले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयको पहलमा सोमबार भएको सर्वपक्षीय बैठक र जिल्ला प्रसाशन कार्यालय सुनसरीले घटनालाई साम्य पार्न तथा शान्ति सुरक्षा सुव्यवस्था कायम राख्न सबैलाई संयमता अपनाउन आग्रह गरेको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्