एक्सक्लुसीभ

नेपाल महिला सङ्घको अध्यक्षमा मीनाकुमारी खरेल, महाधिवेशन फागुनमा

ललितपुर । नेपाल महिला सङ्घको अध्यक्षमा मीनाकुमारी खरेल नियुक्त भएकी छिन । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको निर्णय अनुसार सभापति गगनकुमार थापाले अध्यक्षमा खरेललाई नियुक्त गर्दै १७ बुँदे कार्यादेश र कार्यविवरणसहित जिम्मेवारी प्रदान गरेका हुन् ।

अध्यक्ष खरेलले फागुन १५ गते भित्र सङ्घको केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी केन्द्रीय निर्वाचन समितिसँग समन्वय गरेर साउन १ गतेभित्र महाधिवेशनको विस्तृत कार्यतालिका पार्टीसमक्ष पेस गर्ने जिम्मेवारी पाएकी हुन् ।

कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार नेपालको संवैधानिक व्यवस्था र यसको मर्म अनुसार महिलाको प्रतिनिधित्व, अर्थपूर्ण सहभागिता र सशक्तीकरणका लागि नीति, योजना र कार्यक्रम तय गर्ने जिम्मेवारी दिइएको बताए ।

अध्यक्ष खरेलले नेपालको महिलासम्बन्धी सबै विद्यमान नीति, ऐन र कानुन अध्ययन गरेर पार्टीलाई आवश्यक सल्लाह, सुझाव दिने र लैङ्गिक विभेदविरुद्ध र लैङ्गिक समानताका पक्षमा अभियान सञ्चालन गर्ने तथा महिलालाई शिक्षा, स्वास्थ्य, रोजगार, व्यावसायिक तालिम र सामाजिक सशक्तीकरणमा सहयोग गर्न आवश्यक कार्ययोजना बनाउने, महिला अधिकार र महिलासम्बन्धी राष्ट्रिय–अन्तर्राष्ट्रिय चासोका विषयमा पार्टीलाई आवश्यक सल्लाह सुझाव दिने जिम्मेवारी पाएकी छिन ।

About the author
The Himalayan Voice

The Himalayan Voice

'कम्युनिटी न्युज नेटवर्क एलएलसी' अन्तर्गत सञ्चालित 'Thehimalayanvoice.com' अनलाइन समाचार सेवा हो। यसले पत्रकारिताका मूल्य-मान्यता र आचार संहिता अनुरूप सन्तुलित, सत्य र तथ्यपरक भूमिका निर्वाह गर्दै चौबीसै घण्टा र साताको सातै दिन अंग्रेजी तथा नेपाली भाषामा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू निरन्तर सम्प्रेषण गर्दछ।

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.

टिप्पणी लेख्नुहोस्