अर्थ

दूरसञ्चार प्राधिकरणको अध्यक्ष र कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

कठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष र सदस्य तथा सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रालयले शनिबार सूचना प्रकाशित गरी दरखास्त आह्वान गरेको हो ।

सूचनामा नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा (एक जना) र सदस्य पदमा (चार जना) उम्मेदवार छनोट गरी नियुक्त गर्नुपर्ने भएकाले इच्छुक योग्य व्यक्तिले जेठ ५ गतेभित्र दरखास्त पेस गर्न आग्रह गरिएको उल्लेख छ ।

त्यसै गरी सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा (एक जना) उम्मेदवार छनोट गरी नियुक्त गर्नुपर्ने भएकाले इच्छुक योग्य व्यक्तिलाई जेठ ५ गतेभित्र दरखास्त पेस गर्न सूचनामा उल्लेख गरिएको छ ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.