एक्सक्लुसीभ

जीवित आशा गरिएका विपीन जोशीको शव इजरायल ल्याइँदै

काठमाडौं । लामो समयदेखि प्रतीक्षा गरेका नेपाली विद्यार्थी विपीन जोशी अब जीवितै फर्कने आशा निराशामा परिणत भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसी र टाइम्स अफ इजरायलले जोशी जीवित नरहेको समाचार प्रकाशन गरेका छन् ।

टाइम्स अफ इजरायलको समाचारमा भनिएको छ, ‘‘इजरायल र हमासबीच जारी युद्धबीच हमासले आज चारजना मृत बन्दीको नाम सार्वजनिक गरेको छ, जसमा एक नेपाली विद्यार्थी बिपिन जोशी पनि छन् । हमासले ती बन्दीहरूको शव आजै रेडक्रसलाई हस्तान्तरण गर्ने तयारी भइरहेको जनाएको छ ।’’

हमासले सार्वजनिक गरेको सूचीमा रहेका चार जना हुन् — गाई इलुज, योसी साराबी, बिपिन जोशी र ड्यानियल पेरेजको नाम समावेश छ । विज्ञप्तिमा शव हस्तान्तरण कहिले हुने हो भन्नेबारे भने स्पष्ट गरिएको छैन ।

बिपिन जोशी नेपालका कृषि विद्यार्थी हुनुहुन्थ्यो र उहाँ अध्ययनका लागि इजरायल जानु भएको थियो ।

अन्य मृतकहरूमध्ये इलुजलाई नोभा संगीत उत्सवबाट अपहरण गरिएको थियो र गाजाको अस्पतालमा उपचार नपाएर उहाँको निधन भएको पुष्टि सन् २०२३ डिसेम्बरमा भएको थियो । ड्यानियल पेरेज (२२) इजरायली सेनाको ७ औं आर्मर्ड ब्रिगेडका पल्टुन कमाण्डर थिए, जसको मृत्यु सन् २०२३ अक्टोबर ७ मा हमाससँगको लडाइँमा भएको थियो ।

त्यस्तै, ५३ वर्षीय योसी साराबीलाई २०२३ अक्टोबर ७ मा आफ्नै घरबाट अपहरण गरिएको थियो र बन्धक अवस्थामा नै उहाँको हत्या गरिएको थियो ।

इजरायली सेनाका अनुसार रेडक्रसका प्रतिनिधिहरू चारैजनाको शव बुझ्नका लागि दक्षिण गाजातर्फ प्रस्थान गरिरहेका छन् ।

यो घटनाले एक वर्षअघि भएको ७ अक्टोबर २०२३ को हमास आक्रमणपश्चात इजरायल–हमास द्वन्द्वको मानवीय आयाम पुनः सतहमा ल्याएको छ, जसले सयौँको ज्यान लिएको र अझै पनि थुप्रै बन्दीहरूका भाग्य अज्ञात बनाइरहेको छ, इजरायल टाइम्स मा समाचार छ ।

बीबीसीका अनुसार, हमासले विगत ७३८ दिनदेखि आफ्नो नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको शव इजरेललाई बुझाउने बताएको छ।

यसअघि उहाँको अवस्था अज्ञात रहेको बताइएको थियो। इजरेलसँग सङ्घर्षविराम भएपछि हमासले आफ्नो नियन्त्रणमा रहेका २० जीवित बन्धकलाई सोमवार मुक्त गरिसकेको छ। बाँकी २८ जनाको मृत्यु भएको ठानिएको र उनीहरूको शव पनि सोमवारसम्म फिर्ता गरिने हमासले जनाएको छ।

सोमवार अबेर जोशीसहित चारजना बन्धकको शव हस्तान्तरण गर्न लागिएको हमासको सैन्य एकाइले जनाएको छ।

About the author
The Himalayan Voice

The Himalayan Voice

Himalayan Voice Newsletter

News delivered directly to your inbox

Subscribe for important headlines, community updates, and selected stories.